आमा तथा महिला समुहको सहकारी प्रति मोह

आमा तथा महिला समुहको सहकारी प्रति मोह

दुर्गा वि.सी
सल्यानको पश्चिम क्षेत्रका महिलाहरु पछिल्लो समयमा सहकारी प्रति आकर्षित हुन थालेका छन् । विभिन्न संघ सस्थाको सहयोगमा महिला समुह र आमा समुहबाट आफ्ना क्रियाकलाप सञ्चालन गर्न सुरुवात गरेका महिला अव समुह भन्दा पनि सहकारीबाट ठुलो लाभ लिने उद्देश्यले सहकारी प्रति मोह जागेको प्रगतिशिल महिला समुहकी अध्यक्ष पुष्पा वि.सीले वताईन ।

Cooparative Cooparative 1नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा सल्यानको एच.आई.भि मानव वेचविखत तथा युवा शसक्तीकरण कार्यक्रमको परियोजना अन्र्तगत सल्यानको मुलखोला,देवस्थल,घाँजरिपिपल गाविसमा गरि २ दर्जनको हारा हारीमा आमा समुह,महिला समुह तथा किशोर किशोरीको समुह वनाएर उक्त संस्थाले ३ वर्ष देखि उनिहरुको सवालमा काम गर्दै आएको छ ।

भखरै उक्त संस्थाले ती गाविसका आमा समुह र महिला समुहलाई गाविस स्तरिय महिला नेतृत्व सहकारीको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त ३ दिने अभिमुखिकरण तालिमले झनै महिलाहरुलाई सहकारी प्रति हौसला वढाएको सो परियोजना क्षेत्रका निर्देशक सुर्दशन अधिकारीले वताए । संस्थाको कार्यक्रम सकिदै गर्दा उनिहरुको आत्म निर्भर विकासको लागि यसले मदत गरेको अधिकारीको भनाई रहेको छ । साथै यस क्षेत्रमा निर्धक्कसँग वोल्न,आफ्ना समस्या राख्न र भन्न निक्कै डराउने महिलाको यो ३ वर्षै कार्यकालले विकास गरेको छ । साथ साथै महिलाले महिलालाई सर सहयोग आत्मीयताको भावनाले दुख सुखका साथि समेत बन्न सिकाएको मानव वेचविखन तथा युवा शसक्तीकरण कार्यक्रमका फिल्ड अधिकृत सरोज थापाले जानकारी दिएका छन् ।

समुह हुदै अव सहकारी मार्फत महिलाले आफ्ना क्रियाकला अगाडि वढाउने प्रतिवद्धता सहित छिट्टै सहकारी डिभिजनमा संस्था दर्ता गरिदिन सहयोग समेत मागेका छन् । ३ वर्षको समयमा यहाँका महिलाले समुहबाट उठेको लाखौ रकम समुहमा वचत गरेका छन् । त्यसैबाट कसैले तरकारी खेती,बाख्रा पालनको कार्यक्रम समेत गरेका छन् । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सल्यानको यो परियोजना सकिदै गर्दा महिलाको दिगो विकासमा सहयोग पुग्ने उद्देश्यले रेडक्रस केन्द्रका बाकृष्ण सेडाई,सल्यान शाखाका सभापति यौवन प्रकास श्रेष्ठ लगाएतका व्यक्तिहरुले अव समुहलाई सहकारीमा रुपान्तरण गर्ने वताए । जस्ले यहाँका महिलाको जिविको पार्जनमा महत्वपुर्ण सहयोग मिल्ने र त्यसको लागि सहयोग गर्न समेत आफुहरु तयार रहेको वताएका छन् ।

प्रतिक्रिया