हेटौंडा बस दुर्घटनामा तीनको मृत्यु, ३१ घाइते

हेटौंडा बस दुर्घटनामा तीनको मृत्यु, ३१ घाइते

१६ असोज, मकवानपुर । मकवानपुरमा यात्रुबस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् ।
मकवानपुरको हेटौंडाबाट हाँडीखोलाको लागि छुटेको ना ४ ख ४३०७ नम्बरको बस मकवानपुरको हाँडीखोला -२ मकरीमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा हाँडीखोला-२ का ३० वर्षीय सूर्यबहादुर लामा र चार वर्षका प्रनिस लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अर्की एक मलिा पनि रहेकी छिन् । उनको पहिचान खुल्न सकेको छैन ।

क्षमता भन्दा बढी यात्रु रहेका कारण मोडमा स्टेरिङ नकट्दा सवारी दुर्घटनामा परेको प्रहरी अनुमान रहेको छ ।

घाइतेको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया