प्रमुख तीन दल मिल्नुको विकल्प छैनः सिटौला

प्रमुख तीन दल मिल्नुको विकल्प छैनः सिटौला

१७ असोज, बिराटनगर । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले संविधान कार्यान्वयनका लागि प्रमुख तीन दल एक हुनुको विकल्प समेत नरहेको बताएका छन् ।

स्थानीय तह पुनःर्संरचनाबारे विपक्षी एमाले र सत्तारुढ कांग्रेस र माओवादी एक ठाउँमा आएको भन्दै उनले संविधान कार्यान्वयनमा समस्या नहुने विश्वास व्यक्त गरे ।

बिराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता सिटौलाले कार्तिक महिनाभित्र मिति घोषणा गरेर चैतभित्र चुनाव सम्पन्न गर्नु पर्ने अहिलको आवश्यकता भएको बताए ।

उनले भने, मुलुकलाई अग्रगति प्रदान गर्न संविधान कार्यान्वयनसँगै स्थानीय चुनाव समयमै सम्पन्न गर्न सक्नुपर्छ । सरकारले यहि दिशामा मुलुकको राजनिति अगाडी वढाउनुपर्छ ।’

नेता सिटौलाले संविधान संशोधानमा पनि एमालेलाई साथमा लिएर अगाडी वढ्नु पर्नेमा जोड दिए । łएमालेलाई विश्वासमा लिएर सरकारले हिडन सक्नु पर्छ, यसो भएको खण्डमा संविधान संशोधानदेखि कार्यान्वयनमा कुनै समस्या हुन्न, उनले भने ।

 

प्रतिक्रिया