आमा समूह र क्लबलाई सामाग्री वितरण

आमा समूह र क्लबलाई सामाग्री वितरण

दैलेख, असोज १८ । आमा समूह, यूवा क्लब, बाल क्लब र वालविकास केन्द्रलाई सामजिक सेवा केन्द्र दैलेखले नगद रुपैयाँ, सरल थोपा ड्रम, पोली हाउस र शैक्षिक सामाग्री वितरण गरेको छ । महिला, युवा तथा वालअधिकार प्रवद्र्धन कार्यक्रम लागु भएको भैरी कालिकाथूम गाविसका सेवाग्राहीलाई सोसेकले ती सामाग्री वितरण गरेको हो ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा संचालित महिला, युवा तथा वाल अधिकार प्रवद्धन कार्यक्रमद्धारा भैरिकालिकाथुमका महिला तथा युवा क्लव समुहलाई आयआर्जनको रकम वितरण पछि सामुहिक फोटा लिदै
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा संचालित महिला, युवा तथा वाल अधिकार प्रवद्धन कार्यक्रमद्धारा भैरिकालिकाथुमका महिला तथा युवा क्लव समुहलाई आयआर्जनको रकम वितरण पछि सामुहिक फोटा लिदै
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा आमा समुहका सदस्यलाई रकम वितरण गर्दै
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा आमा समुहका सदस्यलाई रकम वितरण गर्दै

६ वटा आमा समूहलाई १५ हजारका दरले ९० हजार रुपैयाँ वितरण गरिएको सोसेकी कमला भण्डारीले जानकारी दिइन् । उनका अनुसार एक जनालाई पोली हाउस दिइएको छ भने ३ जनालाई सरल थोपा सिँचाई ड्रम वितरण गरिएको छ । पोली हाउस ६ हजार रुपैयाँ बराबरको हो भने सरल थोपा ड्रम २ हजार ९ सय रुपैयाँ बराबरको हो । यस्तै कालिका वालविकास केन्द्रलाई कार्पेट, प्रिफर्म र शैक्षिक सामाग्री वितरण गरिएको भण्डारीले जानकारी दिइन् । सो सामाग्री १३ हजार ३० रुपैयाँ बराबरको हो ।
नगद बिउ पूजिका लागि वितरण गरिएको सोसेकले जनाएको छ । महिला, युवा तथा वालअधिकार प्रवद्र्धनका लागि यी सामाग्रीले सहयोग गर्ने अपेक्षा गरिएको छ । बिउ पूजिबाा महिलाहरुको आर्थिक सशक्तीकरण हुने विस्वास गरिएको छ भने पोली हाउस तथा सरल थोपा सिँचाई ड्रमले तरकारी खेति गरी उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउने भण्डारीले बताइन् ।

प्रतिक्रिया