वजार अनुगमनमा तिव्रता, अखाद्य बस्तु नष्ट

वजार अनुगमनमा तिव्रता, अखाद्य बस्तु नष्ट

दैलेख,  जिल्ला प्रशासन कार्यालय दैलेखले बजार अनुगमनको क्रममा भेटिएका अखाद्य बस्तुहरु आज संचारकर्मी र सरोकारवाला निकायको रोहवरमा नष्ट गरेको छ । दशैंको बेला स्वच्छ र स्वस्थ खाद्य बस्तु विक्री भए नभएको अनुगमन गर्न खटिएको टोली नियन्त्रणमा लिएका खान अयोग्य खाद्य बस्तु नष्ट गरिएको हो ।

वजार अनुगमनको क्रममा भेट्टिएका अखाद्य बस्तु जलाउदै
वजार अनुगमनको क्रममा भेट्टिएका अखाद्य बस्तु जलाउदै

असोज पहिलो सातादेखि नै सदरमुकाम र आसपासका बजारको नियमित रुपमा बजार अनुगमनका क्रममा भेटिएको म्याद नाघेका चियापत्ति, दालमोड, मसला लगायतका बस्तु आगो लगाई नष्ट गरिएको थियो भने सडेगलेका फलफूलहरु खाल्डोमा गाडिएको थियो ।
यस पटक नियन्त्रणमा लिएर जलाइएका खाद्य बस्तुहरु करिव ५ हजार जति मूल्य बराबरका भएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार गतवर्षका तुलनामा करिव २५ गुणा कम हो । अघिल्लो पटकको सुझावका आधारमा पसलहरु दर्ता गराएर मात्र सञ्चालन गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद भट्टराईले बताए ।
प्रहरी, स्थानीय निकाय, उद्योग बाणिज्य संघ, पत्रकार, घरेलु लगायत विभिन्न व्यवसायिक निकायको प्रतिनिधित्व सहभागी अनुगमन टोलीले खाद्य बस्तुको अभाव हुनेसमय असार, साउन र मुख्य चाडपर्वमा बजारको मूल्य नियन्त्रण र खाद्य बस्तुको गुणस्तर कायम राख्न नियमित अनुगमन गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जानकारी दिए ।
सदरमुकाम आसपासमा मात्र अनुगमन हुने गरेको तर बाहिरका बजारहरुको पनि अनुगमन गर्न अनुरोध आएको र सो मुताविक बेलाबेला अनुगमन गरिएको जानकारी दिंदै अव ग्रामीण क्षेत्रमा पनि अनुगमन बढाइने प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए ।

प्रतिक्रिया