विधिको शासन नै शान्ति : साँसद थापा

विधिको शासन नै शान्ति : साँसद थापा

दैलेख क्षेत्र नं. १ का साँसद अम्मरबहादुर थापाले विधिको शासनले मात्र शान्ति प्राप्त हुने बताउनुभएको छ । ६१ औं प्रहरी दिवसको अवसरमा आज दैलेखमा आयोजित कार्यक्रममा उहाँले त्यस्तो विचार व्यक्त गर्नुभएको हो ।
Prahari Divash (4) Prahari Divash (3) Prahari Divash (2) Prahari Divash (1)साँसद थापाले २०६२÷०६३ को दोश्रो जनआन्दोलनपछि प्राप्त भएका राजनीतिक उपलब्धी, अधिकारमुखी अभियान जोडतोडले चलेका तर यसको संस्थागत विकास र विधिको शासन त्यति प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभयो ।
हालै नीजि खर्चमा आफूले गरेको अमेरिका भ्रमणको अनुभव सुनाउदै उहाँले सबैले नियम कानूनको पालना गर्ने, कथमकदाचित नियम उलंघन भएमा कार्वाही प्रक्रियामा लैजाने र कानूनको सम्मान संस्कारले नै त्यहाँ विकास दु्रत गतिमा भएको बताउनु भयो ।
त्यसबखत दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले शान्ति सुरक्षा प्रभावकारी बनाउन नागरिक समाजको महत्वपूर्ण भुमिका हुने बताउदै समाजको सहयोग पाउन प्रहरीको व्यवहार पनि सुधार हुदै आएको उल्लेख गर्नुभयो ।
प्रहरी नायव उपरीक्षक केदार रजौरेले जिल्लामा अपराध नियन्त्रण, शान्ति सुरक्षा प्रभावकारी बनाउन नागरिक समाज तहको सहयोगको सह्राना गर्दै युवाहरुमा लागू औषध दुव्र्यसनी र बालविवाह रोकथाममा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।
त्यसबखत कार्यक्रममा सहभागी राजनीतिक दल, सामाजिक अगुवा, बुद्धिजीबी र प्रहरी कर्मचारीले जिल्ला प्रहरी कार्यालयको प्रांगणमा रहेको अमर प्रहरी स्मारकमा पुष्प गुच्छा चढाई बीरगति प्राप्त स्वर्गीय प्रहरी कर्मचारीप्रति श्रद्धा जनाएका थिए ।
प्रहरी दिवसकै अवसरमा आयोजना गरिएका खेलकूद प्रतियोगिताका विजेता, उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कार दिनुका साथै प्रहरी हातामै निःशुल्क स्वास्थ्य परीक्षण शिविर पनि सञ्चालन गरिएको थियो ।
नेपाल प्रहरीको स्थापना २००८ मा भएपनि नेपाल प्रहरी ऐन २०१२ असोज ३१ गते मात्र जारी भएपछि वैधानिकता पाएको स्मरणमा प्रहरीले असोज मसान्तमा प्रहरी दिवस मनाउने गरेको छ । यो वर्ष वडादशैं परेको कारण आज असोज २० गते देशभर नै एकैसाथ प्रहरी दिवस मनाइएको हो ।

प्रतिक्रिया