हुड्के हराउने चिन्ता

हुड्के हराउने चिन्ता

भक्तबहादुर शाही
दैलेख,(डौसुर) असोज १९ गते । जतिबेला नेपालमा राजामहाराजा,मुखिया जिम्वालको बर्चश्व थियो । त्यसबेला सबै जनताले उनीहरुसँग विकासका लागि हतपत माग राख्न सक्दैन थिए । राजामहाराजको गाथा गाएर उनीहरुले मात्र विकासको लागि माग राख्ने माध्यम मध्य र सुदुरपश्चिमा हुड्के नाच नै हुन्थ्यो । ठुलाबडाहरुको गाथा गाएर विकास लिने परिपाटी थियो ।

केही दिन अघि जापानीज पर्यटकलाई देखाउनको लागि हुड्के नाच नाच्दै ,दैलेख लयाटीविन्दासैनी ७ डौसुर,भैरवस्थानका प्रेम दमाई र गाने दमाई । पछिल्लो पटक लोप हुदै गएकोमा हुड्के समेतलाई चिन्ता लाग्ने गरेको छ । तस्वीर ः भक्तबहादुर शाही ÷दैलेख
केही दिन अघि जापानीज पर्यटकलाई देखाउनको लागि हुड्के नाच नाच्दै ,दैलेख लयाटीविन्दासैनी ७ डौसुर,भैरवस्थानका प्रेम दमाई र गाने दमाई । पछिल्लो पटक लोप हुदै गएकोमा हुड्के समेतलाई चिन्ता लाग्ने गरेको छ ।
तस्वीर ः भक्तबहादुर शाही ÷दैलेख

सधै अरुको बारे गाथा गाउँदै आएका हुड्केहरु आफ्नो पुर्खाले नाच्दै आएको हुडेक नाच हराउने चिन्तामा छन् । पहिले हुड्के जनताका पिरमर्कालाई राजामहाराज समक्ष पु¥याउनको लागि हुड्के बाहेक अरु नसकेको आजभोली सञ्चार क्षेत्रले गरेको लयाटीविन्द्रासैनीका हुड्के गाने दमाईले जानकारी दिनुभयो । ०४७ सालमा राजा विरेन्द्रको सुर्खेतमा सवारी हुँदा मेरो बाबु अमरसिंहले राजामहाराजाको हुडेकेउली नाचमा गाथा गाउँदा राजाले के चाहियो भनि सोधेको मेरो बाबुले जामुकुइन्यामा पुल चाहियो भनेको केही गीतको हरफ छोरा गानेले यसरी सुनाउनुभयो ।

जामु कुइन्या पुल परिजाउ,विजुली जलि जाउ,
सरकारको निकाय भयो,सब दुःख हटिजाउ ।

माथिका यही हरफ गाउदा तत्कालिन राजा विरेन्द्रले कर्णाली नदीको जामुकुइन्यामा पुल बनाएको सुनाउनुभयो । त्यतिवेला राजापुरबाट नुन ल्याउन जानुपर्दा कैयौ व्याक्तिले जोखिम यात्रा गर्नुपर्ने,कैयौले डुङ्गा पल्टिदा अकाल्मै ज्यान गुमाउनु पर्ने बाध्यता थियो । राजाले त्यसपछि जामुकइन्या पुल बनाएका हुन् उहाँले थप्नुभयो । ठुला बडाको गाथा गाएर मात्र त्यतिवेला विकास लिने परिपाटी थियो ।
नेपालमा राजतन्त्रको दुई सय ४० बर्षको शासन सत्तालाई ०६२।०६३ को १९ दिनको जनआन्दोलन मिल्काइ दियो । देश लोकतन्त्र हुदै गणतन्त्रमा प्रवेश ग¥यो । सञ्चार क्षेत्रमा भएको विकास सँगै नेपालका कुना कन्दरामा जताजतै आधुनिक र पपगीत स्थानीय बस्तीसमेत संगीतमय भएका छन् गाउँघरतिर औलामा गन्न सकिने मान्छेले मात्र संगीततिर चासो दिएको देखिदैन् । सबैतिर संगीतको लहर चलिरहेका बेला पश्चिम दैलेखका केही गाविसमा बेग्लै खाले रौनकता देखिन्छ । उनीहरु गीत संगीत भन्दा आफ्नो परम्परागत सँस्कृति हुड्के नाच ओझेलमा पर्ने होकी भन्ने चिन्तामा छन् । नाचलाई संरक्षण गर्न केही गाविसका स्थानीयबासी लागि परेका छन् ।
पश्चिमीलेहरुको लोकसंस्कृतिको रुपमा चिनिने हुड्के नाँच ओझेलामा परेको देख्दा हुड्के मात्र होइन अन्य मानिसले समेत मन दुखाउने गरेको लकान्द्र ८६ बर्षिय सर्पराज शाहीले बताउनुभयो पहिला त राम रतेउली हुँदा कसैको छोरो जन्मियो भन्या हुड्के ल्याएर नचाउँथे रमाइलो हुन्थ्यिो आजभोलीका तन्नेरी के अरु नै गीत बजाएर रमाइलो गर्छन,मकन निको लाग्दैन,उहाँले भन्नुभयो । हुड्के नाच महाभारतका कथा,जातजातिको वंशावली,२२ से २४ से राज्यको नालीबेली समेट भट्याउने गरिन्छ ।
१६ बर्षको कलिलै उमेरमा बाबाले मलाई हुड्के नाच्न सिकाँया,आफ्नो सँस्कृति बचाउनु अहिले त्यही हुड्के नाच नाच्दै आयाको छु,अहिले सम्म सन्तानमै म मात्र हुड्के नाच नाच्छु । दुल्लू नगरपालिका –९ का गमे दमाईले जानकारी गर्नुभयो । उनीपछि हुड्के नाच निरन्तरता दिन कोही नभएकाले हुड्के नाच नै लोप हुने उहाँलाई चिन्ता लाग्ने गरेको छ ।

विशेष गरि गाउँघरमा हुने विवाह, छैठी, न्वारन,पुजा, व्रतबन्ध लगायतका स्थानीय सँस्कृतिमा हुड्के नाचको महत्व हुने गर्दछ । लहरे, घुम्ने,ठाडे र प्रस्टाउन गरि चार किसिकमा हु्ड्के नाच नाचिने गरिन्छ । नाचका लागि तीन जना स्वर मिलाउने हुन्छन् उनीहरुले हुड्के नाचमा महत्वपुर्ण भुमिका रहेको हुन्छ । केही बर्ष अघि फ्रास्सेली नागरिरको सहयोगमा काठमाण्डौंको किर्तिपुर गएर चार दिन आफ्नो परम्परा नाच देखाउन पाएको गम दमाईलाई खुशी लागेको बताउनुभयो । अब परम्परा जोगाउन सकिएन भने कुलदेखी चलिआएको सँस्कृति सकिनेमा उहाँलाई चिन्ता छ । पर्यटकको लागि आकर्षण मानिने यो हुड्के नाच संरक्षणका लागि पर्यटन बोर्डले अध्ययन गरि पर्यटक गाउँ अभियानलाई अगाडी बढाएमा मात्र लोप हुनबाट बचाउन सकिने नेपाली काँग्रेसका क्षेत्र २ का क्षेत्रीय सभापति घनश्याम भण्डारीले बताउनुभयो । लोपोन्मुख नाच हाम्रो सम्पदा भएकाले चासो सरकारले दिनुपर्नेमा उहाँको जोड रहेको छ ।
जिल्ला भर हुड्के नाच देखाउने छ जना रहेको हुड्के नाचको तथ्यांकमा उललेख छ । जसमा मागे दमाई (नेपा) खुड्के दमाई गमे दमाई पादुका,गाने दमाई र प्रेम दमाई डौसुर,लयाटीविन्द्रासैनी र तिलेपाटा गाविसमा एक जना रहेका छन् ।

प्रतिक्रिया