मेहेलतोलि माईको दैबि शक्तिमा बिस्वास बढ्दै ।

मेहेलतोलि माईको दैबि शक्तिमा बिस्वास बढ्दै ।

जनक अधिकारी
दैलेख जिल्लाको मेहेलतोलि वडान ७ मा पर्ने मेहोलतोलि माईको विस्वास बढ्दै गएको छ । गत बर्षमा ४५ वटा पञ्चबलि र ९३ वटा पाठा काटिएकोमा यस वर्ष ९६ वटा पञ्चबलि र १३७ वटा पाठा काटिएको पुजारी भक्त बहादुर साहिले बलाउनु भयो । mehaltoli mehaltoli 1मन्दिर निर्माण भएको र झन परम्परादेखि पुज्दै आएको माई को मुर्ति घट्दै गएको र दैबिय शक्ति बढ्दै गएको बताईएको छ । देश तथा बिदेसमा आपत बिपत परेमा माईको नाम जप्दै कबुल गर्ने र मनोकाँक्षा पूरा भएमा बलि तथा पाठा, मुर्ति घष्ट चढाउने प्रचला रहि आएको छ । मन्दिरमा चढायको पैसा तथा खुट्टा टाउका बेचेर आएको पैसाले मन्दिर बिकासमा खर्च गरिने कुरा चन्द्र पर्साद रेग्मिले बताउनु भयो । माईको ईतिहास माई घुम्ने क्रममा घुम्दै आउदा मेहेलतोलि मा पुगिन र त्यसदिन रामा नवमि परेका र मौलो गाडेर पुजा गरेकोले उपयुक्त ठाउँ यहि लागेकाले माई यतै बसेको भनाई छ । साथै बिस्वासको रुपमा माईको पुजागर्दा बच्चाले पाठा काट्दा लौ माइ भगवति भनेको सुनेर बच्चाले घरमा गई खेल्ने बेलाम एउटा बच्चालाई पाठो कनाई एउटा सिरुको पातले माई भगवति भनी पुकार्दै हान्दा सिरुको पातले बच्चाको मुन्टो छिनिएको थियो भन्ने भनाई र देखेको मान्छे जिबितै भएको ईतिहास भएकोले बिस्बास बढ्दै गएको बताउनु हुन्छ मन्दिर निर्माण उपभा्क्ता समिति अध्यक्ष टीकाराम रेग्मी ।
रिपोटर
जनक अधिकारी जगनाथ ३ दैलेख उहाँ सामाजिक कार्यकर्ता पनि हुनु हुन्छ ।

प्रतिक्रिया