फूडप्वाइजनले परिवारै विरामी

फूडप्वाइजनले परिवारै विरामी

 दैलेख, असोज २७ – दैलेखको लाँकुरी गाविस–१ को सेर्माकोट गाउँमा ३ दिन अघि पकाएको मासुले फूडप्वाइजन हुँदा परिवार १ महिला ४ जना बिरामी परेका छन् । प्रहरीले दिएको जानकारी अनुसार सेर्माकोटकी ३१ वर्षीया पूजा खड्का, उहाँको जेठाजुका २ छोराहरु ८ वर्षीय मनोज खड्का, ७ वर्षको शुभम् खड्का र ससुरा हरी खड्का विरामी पर्नुभएको छ ।

दशैंको विहान पकाएको मासु तताएर विहान भातसंग खानलाग्दा अकस्मात सबैले बान्ता हुने र संगसंगै पखाला पनि लागेपछि उनीहरुलाई दैलेख अस्पतालमा पु¥याई उपचार सुरु भएको छ । विरामी मध्ये पूजाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न डा. पुस्कर बिकले जानकारी दिनुभयो । त्यतिबेला नै संगै मासु खानुभएका सशुरा हरी खड्काको भने लाँकुरी स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि निको भएको स्वास्थ्य चौकीका इञ्चार्ज सिनियर अहेव बालकृष्ण बिष्टले जानकारी दिनुभयो ।

पूजाकी सासु बसन्ती बालकुमारी खड्काले र दशैंको दिन पकाएको खसीको मासु, पूरी रोटी, चट्नी र दाल भात बाँडेर खान दिएकै बेला २–४ गास खाए लगतै बान्ता र पखाला सुरु भएको पूजाकी जेठानी दिदी बसन्ती खड्काले बताउनुभयो । उहाँका अनुसार दाल–भात बाहेक मासु, पूरी रोटी, चट्नी बासी थियो । परिवारका ९ जना सदस्य मध्ये अरु चाहिं घरमा थिएनन् ।

प्रतिक्रिया