स्थानीय भन्छन् विटमा प्रहरी बस्दैनन् ः सवैको चित्त बुझाउन सकिदैन ः डि.एस.पी. ।।

स्थानीय भन्छन् विटमा प्रहरी बस्दैनन् ः सवैको चित्त बुझाउन सकिदैन ः डि.एस.पी. ।।

भिम सिजापति, २८ असोज दैलेख
दैलेखको जनक चौकमा रहेको अस्थायी प्रहरी विटमा लामो समय देखी प्रहरी बस्न छोडेको छ । लामो समय देखि प्रहरी बस्न छोडेपछि विट करिव जिर्ण जस्तै बन्न लागेको छ । pulish bitयहाँ प्रहरी खाली गर्नु भएन यो चौक अलि असुरक्षित चौक हो भनेर आफुहरुले मौखिक रुपमा जिल्ला प्रहरी कार्यालयमा बारम्बार अनुरोध गरेपनि प्रहरी बिटमा नबसेको जनक चौकका स्थानीय बासिन्दाले गुनासो गरेका छन् । चाडपर्वको वेला आफैले जानेर सुरक्षा दिने ठाउँमा माग गर्दा पनि सुरक्षामा ध्यान नदिई विटमा प्रहरी नखटाईदा स्थानीय बासिन्दा निकै दुखित भएका छन् । यता जिल्ला प्रहरी कार्यालय दैलेखका कार्यालय प्रमुख एवं प्रहरी नायव उपरिक्षक केदार रजौरेले आफ्ना प्रहरी जवानले विटलाई सेन्टर मानेर आसपासमै घुमीरहने बताउनु भयो । कसैले प्रहरीले विट छोड्नु हुँदैन, विटमै बस्नु पर्छ भन्ने, कसैले प्रहरीको बस्ने काम होईन घुम्ने काम हो, घुम्नु पर्छ भन्ने गरेको हुँदा सवैको चित बुझाउन नसकिने बताउनु भयो । प्रहरी विट जिर्ण बन्दै गएको छ कसैले पनि विट कुर्दैन भन्ने प्रश्नमा रजौरेले विटमा जम्मा जम्मी प्रहरी जवान बस्ने भनेको २ जना हो २ जना मध्ये १ जनाले विट कुर्ने र १ जना एक्लै घुम्न समस्या हुने भएकाले आफ्ना जवानहरु विटलाई केन्द्र मानेर घुमिरहेको दावी गर्नु भयो ।

प्रतिक्रिया