तृतीय दैलेखी युथ कप खेल महोत्सवमा ४ खेल हुने

तृतीय दैलेखी युथ कप खेल महोत्सवमा ४ खेल हुने

 दैलेख –कातिक १, साामाजिक रुपान्तरणको अभियानमा सक्रिय सम्पूर्ण दैलेखी यूवाहरुको साझा समुह दैलेखी युथले तृतीय दैलेखी युथ कप खेल महोत्सवको कार्यतालिका सार्वजनिक रिपोर्टस क्लव मार्फत सार्वजनिक गरेका छन् । Youth dailekhयुथले दैलेख सदरमुकाममा आयोजित पत्रकार सम्मेलन मार्फत खेल महोत्सवको कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार ५ गते विहान ¥याली सहित बजार परिक्रमा हुनेछ । कात्तिक १० गते खुल्लामञ्च टुडिखेलमा समापन गरिने जनाईएको छ । महोत्सवमा ४ खेल समावेश गरिने दैलेखी युथका अध्यक्ष प्रेमबहादुर शाहीले बताए ।

खेलहरुमा भलिवल (महिला) र पूरुष छुट्टाछट्दै हुनेछ भने, फुटवल, ब्याटमिन्टन र टेवुलटेनिस खेलहरु हुनेछन् । महिला भलिवलको प्रथमलाई १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र दिईने छ भने द्धितियलाई ८ हजार नगद सहित मेडल र प्रमाणपत्र दिईने छ । पुरुष भलिवलमा प्रथम हुनेलाई ३० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र दिईने छ । महिला पुरुष भलिवलमा दुवै खेलमा उत्कृष्ट खेलाडीलाई ट्रफि सहित प्रमाणपत्र दिईने कोषाध्यक्ष सुसिल देउजाले बताए । त्यस्तै फुटवल खेलमा प्रथम हुनेलाई ५० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र दिईने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

फुटवलमा द्धितिय हुनेलाई २५ हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र दिईने छ । ब्याटमिन्टनमा प्रथम हुनेलाई १० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र दिईनेछ । द्धितिय हुनेलाई ४ हजार नगद सहित मेडल र प्रमाणपत्र दिईने दैलेखी युथका सचिव मनोज भण्डारीले बताए । त्यस्तै टेवलटेनिस खेलमा प्रथम हुनेलाई ५ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र दिईने र द्धितिय हुनेलाई २५ सय नगद सहित मेडल र प्रमाणपत्र दिईने दैलेखी युथले राखेको पत्रकार सम्मेलनमा कोषाध्यक्ष देउजाले जानकारी गराएका छन् ।

पत्रकार सम्मेलनमा समाजमा रहेका यूवाहरुलाई खेलका माध्यमद्धारा सामाजिक सशक्तिकरणतर्फ उन्मुख गराईने दैलेखी युथका यूवाहरुले बताए । दैलेखि युथका सचिव मनोज भन्डारीले भने, हामि युथले दैलेखलाई समवृद्ध दैलेख छुटटै पहिँचानको दैलेख बनाउने योजना बनाएको पनि बताए, हिजो बारीको कुनामा लुकेर तास खेल्ने युवाहरु,गाँजाको नसामा रलमलिएका युवाहरु आज हाम्रो साथ दिरहेको छन । दैलेखलाई ७५ जिल्लामा समेत चिनाउने क्रियाकलाप गरेको सचिव भन्डारीले बताए । खेल महोत्सव सवैको महोत्वस भएकाले सम्पूर्ण दैलेखीहरुले सहयोग गर्नुपर्ने युथका सदस्यहरुले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया