चेकजाँचमा कडाई

चेकजाँचमा कडाई

चाँडपर्व नजिकिदै गर्दा दिनानुदिन सवारी दुर्घटना वढेसंगै सुर्खेत जुम्ला राजमार्गमा चेकिङ कडाई गरिएको छ। चाडपर्वको वेला भन्दै गाडिमा कोचाकोच यात्री वोकेर हिड्ने गरेका छन्। गाडीको क्षमता भन्दा वढि यात्रु नवोक्न आग्रह गर्दा पनि नमाने पछि चेकजाँचमा कडाई गरिएको राकमकर्णाली रिफे्रस सेन्टरमा कार्यारत ट्राफिक प्रहरी योगेन्द्र चन्द्रले वताउनु भयो । नेपालगंज,सुर्खेत देखि कालिकोट र जुम्लाका लागि ५५देखी ६० वटा सवारी वस चल्ने गरेका छन्।भाडाका सवारी दैनिक ८० वटा जति र रातो प्लेटका ६५ वटा जति सवारी नेपालगंज,सुर्खेत देखि जुम्ला र मुगुका लागि सवारी चल्नेगरेका छन् ।यात्रुलाई आरामदायी तथा सुरक्षित वनाउनका लागि चेक जाँच कडा गरिएको छ।जनशक्ति अभावका कारण राम्ररी चेकजाँच गर्न अप्ठारो भएकाले असोज महिनाभर ८२ वटा यात्रुवाहाक गाडी कार्वाहिमा परेको चन्द्रले वताउनु भयो ।

प्रतिक्रिया