भारतबाट तीन बालकको उद्धार

भारतबाट तीन बालकको उद्धार

दैलेख, कात्तिक ६ । दैलेखका तीन जना बालकलाई भारतबाट उद्धार गरि अभिभावकको जिम्मा लगाइएको छ । सामाजिक सेवा केन्द्र (सोसेक)का संस्थापक अध्यक्ष तथा बालअधिकार संरक्षण सञ्जाल प्रदेश नम्बर ६ का संयोजक हीरासिंह थापाले ती बालकलाई भारतको बिहार राज्यबाट उद्धार गरि शुक्रबार दैलेख ल्याएका थिए ।

भारतवाट उद्धार गरिएका वालवालिकालाई हस्तान्तरण तथा पारिवारिक पुनर्मिलन लागि गाउँमा जादा वावुसंग वालवालिकाहरु । तविस्र ः शाहील कुमार थापा
भारतवाट उद्धार गरिएका वालवालिकालाई हस्तान्तरण तथा पारिवारिक पुनर्मिलन लागि गाउँमा जादा वावुसंग वालवालिकाहरु । तविस्र ः शाहील कुमार थापा
भारतको मुजाफ्परपुर जिल्ला सिकन्धरपुरको निर्देश वाल गृहमा रहेका नेपाली सहित भारतका वालवालिकाहरु । तविस्र ः शाहील कुमार थापा

भारतवाट उद्धार गरिएका वालवालिकालाई हस्तान्तरण समारोहमा जिल्ला वाल कल्याण समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी लुक वहादुर क्षेत्री सहित वालवालिका   । तस्वीर : साहिलकुमार थापा
भारतवाट उद्धार गरिएका वालवालिकालाई हस्तान्तरण समारोहमा जिल्ला वाल कल्याण समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी लुक वहादुर क्षेत्री सहित वालवालिका
। तस्वीर : साहिलकुमार थापा

उनीहरुलाई एक कार्यक्रमकाबीच जिल्ला वालकल्याण समितिका संयोजक तथा प्रमु जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको रोहवरमा शनिबार अभिभावकलाई बुझाइएको हो ।

दुल्लु नगरपालिका ८ का सुन्दर बन सन्यासी, सोही स्थानका सुरथ गिरी र दुल्लु नगरपालिका ९ का टिकादेव पुरीलाई बिहार राज्यको मजाफ्फरपुर जिल्लाको सिकन्धरपुर बालगृहबाट संयोजक थापाले उद्धार गरेर दैलेख ल्याएका थिए । ती बालकका अभिभावकले सामाजिक सेवा केन्द्रमा आफ्ना बालकको उद्धारका लागि निवेदन दिएपछि जिल्ला वालकल्याण समिति, जिल्ला प्रहरी कार्यालय र सामाजिक सेवा केन्द्रको समन्वयमा उद्धारको पहल भएको थियो ।

गत वर्ष घरबाट भागेर गएका ती बालकको उद्धारका लागि करिब २ महिना लागेको संयोजक थापाले बताए । उनले जिल्ला वालकल्याण समितिले केन्द्रीय बालकल्याण समितिसँग सहयोग मागेको भए पनि केन्द्रले आवश्यक सहयोग नगरेको बताए । उनले कतैबाट बालकबारे आवश्यक सूचना नपाएपछि आफ्नो पहलमा सिराहाका अधिकारकर्मी सुदेश भगतको सहयोगमा बालकलाई उद्धार गरिएको बताए ।

संयोजक थापाले बालक उद्धारका लागि भारतमा २४ घण्टाको यात्रा गर्नुपरेको बताए । उनले भारतीय पक्षले खासै सहयोग नगरेको समेत बताए । बालगृह प्रशासनले लामो प्रक्रिया पुरा गरेपछिमात्र बालबालिका हस्तान्तरण गरेको उनको भनाई छ । सेभ द चिल्ड्रेन, एईआई लक्जेम्बर्ग र टिडिएच जर्मनीको आर्थिक सहयोगमा ती बालकलाई अभिभावकको जिम्मा लगाउन आफू सफल भएको थापाको भनाई छ ।

सो बाल गृहमा अझैँ ३२ जना नेपाली बालबालिका रहेको सूचना आफूले पाएको संयोजक थापाले बताए । तर त्यहाँ रहेका बालबालिकाको नेपालको ठेगना पत्ता लगाउन नसक्दा उनीहरुको उद्धार गर्न कठिनाई भएको उनको भनाई छ । त्यहाँ रहेका बालबालिकाको अवस्था संकटपूर्ण रहेको भन्दै उनले ती बालबालिकालाई घर फर्काउन सरकारी पहल हुनुपर्ने बताए । सो बाल गृहमा एउटा ५ वर्षको बालकसमेत रहेको उनले जानकारी दिए । उनले दैलेख बाँसी घर बताउने एक बालक सो बाल गृहमा रहेको बताए । उनले ती बालकको अभिभावकलाई सम्पर्क गर्न सकिए उसको उद्धार गर्न सकिने बताए ।

प्रतिक्रिया