ठिक सयममा महाअभिगबारे ठिक निर्णय हुन्छ : सिंह

ठिक सयममा महाअभिगबारे ठिक निर्णय हुन्छ : सिंह

दैलेख, कात्तिक ७ । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीबारे पार्टीले उचित समयमा उचित निर्णय गर्ने बताएका छन् । एमाले र माओवादी केन्द्रले संसदमा कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएपछि काँग्रेसले कुनै निर्णय नलिएको अवस्थामा सिंहको यस्तो भनाई सार्वजनिक भएको हो ।


प्रेस युनियन दैलेखले आइतबार दैलेखमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले महाअभियोग प्रस्तावबारे काँग्रेस सक्रिय भएर लागेको बताउँदै टुंगोमा पुर्याउने बताए । उनले संसदको महाअभियोग सिफारिस समितिमा काँग्रेसले सक्रिय भूमिका खेलिरहेको बताए । उनले काँग्रेस संसदको सबैभन्दा ठूलो पार्टी भएकोले जिम्मेवारी पनि बढि भएको उल्लेख गर्दै ठूलो पार्टीका हैसियतले काँग्रेसले जिम्मेवारपूर्ण निर्णय लिने बताए । महाभियोगको पक्ष वा विपक्षमा पार्टी लाग्ने स्पस्ट नबताए पनि उनले काँग्रेस महाअभियोगको पक्षमा रहेको संकेत गरे । उनले पार्टीको केन्द्रिय समिति बैठकबाट महाअभियोग प्रस्तावमा मतदान हुनुअघि निर्णय लिने जानकारी दिए । उनले कानुन भन्दा कोही पनि ठूलो नभएको भन्दै काँग्रेस कानुनी शासनको पक्षमा रहेको बताए ।

नेता सिंहले आरोपित व्यक्तिको बयानसहितको महाअभियोग सिफारिस समितिको प्रतिवदेन आएपछि काँग्रेसले प्रतिवेदन अध्यायन गरेर निर्णय गर्ने बताए । उनले माओवादी र एमालेले भन्दै काँग्रेस उनीहरुको एजेण्डामा नजाने बताए । उनले आफ्नो पार्टी ठिक र उपयुक्त निर्णयमा अडिग रहेको बताए ।

परक प्रसंगमा नेता सिंहले काँग्रेस नेतृत्वमै नयाँ संविधानको कार्यान्वयन गर्ने बताए । उनले तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान जारी भएको भन्दै संविधानको कार्यान्वयनमा काँग्रेसको अन्य पार्टी भन्दा बढि जिम्मेवारी रहेको बताए ।

विजया दशमी तथा दिपावलीका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमका लागि नेता सिंह र गरिवी निवारण तथा सहकारी मन्त्री हृदयराम थानीसहितको टिम कर्णाली जानेक्रममा आइतबार दैलेख आएको छ ।

प्रतिक्रिया