अभियन्ताले भने ‘हाम्रो सुरक्षा कसले गर्ने ?’

अभियन्ताले भने ‘हाम्रो सुरक्षा कसले गर्ने ?’

दैलेख, कात्तिक ८ – प्राय मंसिर र वैशाखमा विवाह गर्ने चलन धेरैतिर छ तर सुर्खेतसंग सिमाना जोडिएको दैलेखको दक्षिण क्षेत्रमा दशैंको बेला विवाह गर्ने चलन छ । यसको प्रमुख कारण हो अचेल मागी विवाह भन्दा भागी विवाहको प्रचलन बढेको छ । Abhiyanta Secu (7) Abhiyanta Secu (6) Abhiyanta Secu (5) Abhiyanta Secu (4) Abhiyanta Secu (3) Abhiyanta Secu (2) Abhiyanta Secu (1)
प्राय पढ्दै गरेको साथीसंग केटा र केटी मन मिलेर भागी विवाह गर्ने चलन जताततै चलेको छ । शारीरिक विकाससंगै यौन आकांक्षा र कौतुहलता बढेको बेला शारीरिक सम्वन्ध गर्ने अनि विवाह गरी हाल्ने किशोरकिशोरीको यो समस्या निवारणका लागि त्यस क्षेत्रमा अभिभावकहरुले बालविवाह रोकथाम अभियान चलाएका छन् ।
यस्तो अभियान अहिले दैलेखको क्षेत्रमा चलिरहेको छ, तैपनि भागी विवाह गर्ने रोकिएको छैन् । बालबालिका सम्वन्धी काम गर्ने सामाजिक सेवा केन्द्रको सहयात्रा परियोजनाले सानै उमेरमा विवाह गर्दा स्वास्थ्यमा आउने समस्या, पारिवारिक असमझदारीपछि सौता खेप्नु पर्ने देखि थुपै्र महिला हिंसाको बारे सचेतना फैलाउन थालेको छ ।
सरकारी निकाय, स्थानीय निकाय र सरोकारवाला समेतको सहभागितामा सचेतना अभियानकै बेला पनि यस पटकको दशैं आसपासको समयमा २० वर्ष नपुगी गर्न लागिएका बाल विवाह प्रहरीले रोक्यो । प्रहरीले घरमै पुगेर रोक्यो तर सुरुमा सचेतना अभियान लिएकाहरुले धम्की र त्रास खेप्नु परेको छ ।
सहयात्रा परियोजनाले स्वयम्सेवी जिम्मेवारी तोकेको पारा सामाजिक कार्यकर्ता पिलाडी गाविस वडा नं. २ निवासी ललिता बीसीले भनिन् ‘बाल विवाह रोक्नु सबैको दायित्व हो भनेर घरघर पुगेर रोक्न लगाएँ तर मलाई पाउनुपर्ने निकायबाट सहयोग पाइन । हाम्रो सुरक्षा कसले गर्ने ?’
इन्सेकको पहलमा अभियानकर्ताको सुरक्षा सवालमा आइतवार पिलाडीको बगौरामा आयोजित खुला अन्तरक्रियामै उनको असन्तुष्टीपछि धरमपोखरा प्रहरी चौकीका असई भीमबहादुर बस्नेतले भने ‘सामाजिक काम गर्दा असुरक्षा महसुश गर्नुपर्दैन, हामी सुरक्षा दिन्छौं ।’
असई बस्नेतका अलवा नेपाली काँग्रेसका इन्द्रबहादुर आरसी, नेकपा एमालेका दलसिंह बुढा, नेपाल राष्ट्रिय मावि बगौराका प्रधानाध्यपक कृष्णकुमार राना लगायतले बालविवाह रोकथाम अभियान प्रभावकारी बनाउन आफूहरुसमेत लाग्ने प्रतिवद्धता दोहो¥याए ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सहयात्रा परियोजनाका जिल्ला कार्यक्रम संयोजक रत्न बुढाले समुदायको कार्ययोजना अनुसार काम गर्दा फिल्ड कार्यकर्तालाई धामधम्की र असुरक्षा गराइएकोप्रति आश्चर्य प्रकट गरे । सार्वहितमा काम गर्नेको सुरक्षा समुदायका अगुवा र स्थानीय निकायको पनि जिम्मेवारी रहेको उने बताए ।
कार्यक्रममा महिला विकास अधिकृत बिश्वमणी जोशीले बालविवाह रोकथाम अभियान जिल्लाभर नै चलेको र यो प्रहरी वा कुनै एउटा संस्थाको नभई सबैको साझा अभियान भएको बताइन् ।
त्यसबखत अधिकारकर्मी पार्वती बिशुन्केले बालविवाहका कारण पढाई रोकिने, उनीहरुको बृतिविकासमा अवरोध र देशका लागि सक्षम नागरिक उत्पादनमा प्रतिकुल असरको पर्ने भएकोले समाजको सबै क्षेत्रले बालविवाह रोकथाममा सहयोग पु¥याउनुपर्ने धारणा राखिन् ।
पिलाडी गाविसको बगौरामा सञ्चालन गरिएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण इन्सेक प्रतिनिधि अमर सुनारले गरेका थिए । सो कार्यक्रमका लागि सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र सेभ द चिल्डे«नको साझेदारीतामा संचालन भएको सहयात्रा परियोजनाले सदरमुकामबाट गएको टोलीको जीप भाडा र दिउँसोको खाना व्यहोरेको थियो ।

प्रतिक्रिया