जोखिम कमगर्न एकतामा आवश्यक ः खरेल

जोखिम कमगर्न एकतामा आवश्यक ः खरेल

दैलेख, कात्तिक १० – राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय निर्देशक मुरारी खरेलले मानवअधिकार रक्षकहरुको चुनौती÷जोखिम कम गर्न अधिकारकर्मीबीचको एकता जरुरी रहेको बताए ।
INSECK manabadhikarइन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्ज र राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जद्धारा जिल्लाको मानवअधिकार अवस्था र रक्षकका चुनौती विषयमा कात्तिक १० गते दैलेख सदरमुकाममा आयोजित अन्तरक्रिया कार्यक्रममा आयोगका क्षेत्रीय निर्देशक खरेलले सो विचार राखेका हुन ।
क्षेत्रीय निर्देशक खरेलले परियोजनामुखी अधिकारकर्मी बास्तविक अधिकारकर्मी हुन नसक्ने टिप्पणी गरे । अपराध रोकथाम र कानून कार्यान्वयनमा प्रहरी प्रशासन लगायत राज्यका निकायको दायित्व भएको खरेलले बताए ।
कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का क्षेत्रीय संयोजक भोला महतले सशस्त्र द्वन्द्वको तुलनामा मानवअधिकार हनन् र ज्यादतीका घटनामा घटनाका स्वरुप र शैली बदलिएको बताए । उनले भने त्यसबेला हत्या हुन्थ्यो अहिले धम्की आउँछ । क्षेत्रीय संयोजक महतले नागरिकले अधिकारका साथसाथै कर्तव्यको पालना गर्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष नमनकुमार शाहीले कुनै घटना हुँदा जस लिने नाममा एक्लै अगुवा गर्न खोज्दा अधिकारकर्मी असुरक्षित हुने गरेको जनाए । महिला सशक्तिकरण मञ्चकी अध्यक्ष डीलकुमारी चन्दले हिंसामा परेका महिलाको संरक्षण गर्ने सेल्टर नहुँदा मुद्दा अदालतमा पुग्दा होष्टाइल हुने गरेको समस्या दर्शाइन् ।
कार्यक्रममा मानवअधिकारका विभिन्न क्षेत्रमा क्रियाशील अधिकारकर्मीले दैलेखमा हाल सञ्चालन भइरहेको बालविवाह रोकथाम अभियान र त्यसमा जुटेका अधिकारकर्मीहरु असुरक्षित हुने गरेको औल्याए ।
कार्यक्रमका सहभागिहरुले जिल्लामा बालविवाह बढी भएको र जसका कारण महिला हिंसा र बहुविवाहका घटनाका सङ्ख्या बढेको बताए । प्रहरीले सुचनादाताका गोपनियता भङ्ग गरेका कारण अधिकारकर्मीहरुको सुरक्षा चुनौती बढेको अधिकारकर्मी ललिता विसीले बताइन ।
जेष्ठ नागरिक समाजका अध्यक्ष वीरबहादुर भण्डारीले जेष्ठ नागरिक भत्ता सहज र सुलभ तरिकाले वितरण गर्नुपर्ने बताउँदै अस्पताल र यातायातमा जेष्ठ नागरिकलाई सहुलियत नदिएको गुनासो गरे ।

प्रतिक्रिया