दैलेखमा दुल्लू क्षेत्रको बजार अनुगमन

दैलेखमा दुल्लू क्षेत्रको बजार अनुगमन

निरक शाही
दूल्लू कार्तिक १० गते दैलेख घरेलु तथा साना उद्योग कार्यलय दैलेखका प्रमुख परशुुराम आचार्यको नेतृत्वमा दुल्लू क्षेत्र भित्रको बजार अनुगमन गरिएको छ । अनुगमनको क्रममा दुल्लू क्षेत्रका ४३ वटा पसलको अनुगमन गरिएको थियो ।

Bazar anugamanअनुगमनकै क्रममा ति पसलहरुबाट म्याद नाघेका अखाध्य बस्तुहरुमा खानेतेल, सब्जिी मसला, मिट मसला, चिया पत्ति, मेहेन्दी, फेयरलब्ली, लगायतका बस्तुहरु नस्ट गरिएका छन । सोही क्रममा आवश्यक कागज पत्र नपुगेका पसलहरुलाई सात दिन भित्र प्रमाण पत्र तयार गरेर सम्बन्धीत कार्यालयमा बुझाउन निर्देशन दिईएको थियो । नापतौल बिभाग अन्तरगतका मान्यता प्रप्त तराजुहरु मात्र प्रयोग गर्न निर्देशन दिइएको थियो । यदि यो निर्देशनलाई पालना नगरेर वेवास्ता गरेमा आवश्यक कार्वाही गर्ने कुरा घरेलु तथा साना उद्योग कार्यालय दैलेखका प्रमुख परशुराम आचार्याले बताउनु भएको छ ।

यस्तै यो क्षेत्र भित्रका ब्यापारीहरुलाई कानुनी दायरामा ल्याउनको लागि आवश्यक सहयोग पहल गर्ने कुरा ईलाका प्रशासन कार्यलयका कायममुकायम शाखा अधिकृत चक्र प्याकुरेलले बताउनु भएको छ । उक्त अनुमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय दैलेखका प्रमुख परशुराम आचार्य, ईलाका प्रशासन कार्यलयका कायम मुकायम शाखा अधिकृत चक्र प्याकुरेल, ईलाका प्रशासन कार्यलयका नासु चक्र थापा , दुल्लू नगर पालिका कार्यालय दुल्लूका ईन्जिनियर कुमार खेम सुन्दर शाही, ईलाका प्रहरी कार्यालय दुल्लूका निमित्त डोर बहादुर बुढा क्षेत्री, नगर उद्योग बाणिज्य संघ दुल्लूका उपाध्यक्ष टिकाराम कार्की लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया