घरेलु हिंसाको आरोपमा देवर पक्राउ

घरेलु हिंसाको आरोपमा देवर पक्राउ

दैलेख, कात्तिक १५ – दैलेखको डाँडापराजुल गाविस–५ सिमटोलका ३५ वर्षीय भीमबहादुर भण्डारीलाई भाउजु माथि घरेलु हिंसा गरेको आरोपमा प्रहरीले हिजो पक्राउ गरेको छ । अंशसम्वन्धी विषयलाई लिएर २८ वर्षीया भाउजु पूजा भण्डारीलाई दाउराले लुकेर टाउकोमा प्रहार गरेको आरोप छ । उनले २ महिनादेखि भाउजुलाई थिचोमिचो गरेको बताइएको छ । IMG_8155
हिजो विहान आफ्नै घरमा खाना खाने तयारी गरेको बेला एक्कासी पछिल्तिरबाट टाउकोमा काठको मोटो डोलो दाउराले भीमबहादुरले हिर्काउँदा पीडित पूजा त्यतिबेलै बेहोस भएको प्रत्यक्षदर्शी उनका श्रीमान् जंगबहादुर भण्डारीले बताए ।
स्थानीय स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि अहिले जिल्ला अस्पतालमा पूजाको उपचार चलिरहेको छ । उनको टाउकोमा ९ वटा टाका लगेको बताइएको छ । आरोपित भीमबहादुरलाई माथिल्लो डुंगेश्वर प्रहरी चौकीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो ।
भीमबहादुरले पूजा माथि गरेको साँघातिक आक्रमणको बेला छुट्टयाउन गएका पूजाकी जेठी छोरी १४ वर्षीया जानकी भण्डारी र पूजाकी बहिनी २१ वर्षीया सीता खड्कालाई पनि चोट लागेको छ । प्रहरीले भीमबहादुर पूजा माथि प्रहार गर्न लिएको ठूलो हँसिया र दाउरा समेत प्रमाणको रुपमा प्राप्त गरेको प्रहरी निरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

प्रतिक्रिया