देउसी भैलोको रकम सामाजिक काममा लगाइने

देउसी भैलोको रकम सामाजिक काममा लगाइने

यूवा जमातलाई सुमार्ग लगाउन प्रेरित गर्ने उद्देश्यले बिन्ध्यवासिनी गाविसको काँडामा गठित समाज सुधार क्लवले यस पटक २०७३ सालको तिहारमा देउसी भैलो खेलेर संकलन गरेको रकम सामाजिक काममा खर्च गर्ने भएको क्लवका अध्यक्ष रेशमबहादुर बिष्ट बताएका छन् ।
तिहार अवधिमा खेलिएको देउसी भैलोबाट ५० हजार ५ सय १२ रुपैंयाँ संकलन भएको कोषाध्यक्ष कृष्णबहादुर सुनारले जानकारी दिए । सर्वपक्षीय भेला गरी उठेको रकम जानकारी गराउँदै सो रकमबाट गर्न सकिने सामाजिक काम बारे सल्लाह लिइएको क्लवका सचिव प्रेमबहादुर बिष्टले बताए ।
क्वलले गाउँमा सुशासन, पारदर्शिता, शान्ति र सामाजिक सदभाव अभिवृद्धि गर्न रचनात्मक काम गर्दै जाने काममा सघाउन उपाध्यक्ष कल्पना बिष्ट समेत विभिन्न जातजाति र समुदायको प्रतिनिधित्व हुने गरी समावेशी तरिकाले २१ सदस्यीय कार्यसमिति समेत चयन गरिएको बताइएको छ ।

प्रतिक्रिया