दैलेखको स्थानीय पुनः संरचनामा विवाद

दैलेखको स्थानीय पुनः संरचनामा विवाद

कविराज खत्री
कार्तिक १९ गते, दैलेख जिल्लाको स्थानीय तह पुनः संरचनामा दलहरुबीच विवाद भएको छ । विवादका बीचबाटै ११ वटा स्थानीय तह बनाउने निर्णय भएको छ ।
सात्तलाको वडा नं. १ लाई ठाँटीकाँध केन्द्रमा मिसाउने, दुल्ल नगरपालिकाको वडा नं. १० लाई सिंलिङ्गी केन्द्रमा मिसाउने, विन्ध्यवासिनी गाविसलाई नारायण नगरपालिकामा मिसाउने, लालिकाँडालाई टुक्राउने, विसल्लालाई ठाँटीकाँध केन्द्रमा मिसाउने तथा जम्बुकाँधमा केन्द्र बनाउने विषयमा विवाद कायमै रहेको छ ।
यसैसम्बन्धमा भूगोल, मानवीय सम्वब्ध र साधनस्रोतको पहिचान नगरी जनभावना र आवश्यकता विपरित केही गाउँ पालिकाको पुनः संरचना गरेको र सबैको भावनालाई नसमेटेको भनि राष्ट्रिय जनमोर्चा, दैलेखले नोट अफ डिसेन्ट लेखेको छ । अन्य राजनीतिक दलहरुबीच पनि विवाद कायमै रहेको छ । तथापी ११ वटा स्थानीय तह बनाउनेमा सबैको साझा सहमति कायम रहेको छ । जनताको भवाना, निर्णय, भौगोलिक, मानवीय तथा प्राकृतिक साधनस्रोत विपरित भएका केही निर्णयहरुका कारण सात्तलामा चक्काजाम गरिएको छ भने अन्य क्षेत्रका वासिन्दाहरुको पनि विरोधका स्वरहरु उठन थालेकाछन ।
–कविराज खत्री–९८५८०५०३२५

प्रतिक्रिया