आन्दोनलको हुन्डरी मच्चाउन तयार रहन जिफन्टद्धारा १५ लाख मजदुरलाई निर्देशन

आन्दोनलको हुन्डरी मच्चाउन तयार रहन जिफन्टद्धारा १५ लाख मजदुरलाई निर्देशन

काठमाडौ । औधोगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्र ऐन लगायतका पछिल्ला विषयमा मजदुरहरु सरकारप्रति रुष्ट बनेका छन् । मजदुरलाई झुक्याएर चोरबाटोबाट मजदुर मारा गतिबिधि अगाडि बढाउने कसैलाई नछोड्ने भन्दै यसको बिरोधमा आगामि मे १ देखि आन्दोलनको आधिंबेहरी र हुण्डरी मच्चाउने गरि तयार रहन श्रमशक्तिमा रहेका १५ लाख मजदुरलाई तयार रहन भनिएको छ । Andolan Hundari Newsनेकपा (एमाले) अन्तर्गतको मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) प्रदेश संगठन कमिटी नं ३ को आयोजनामा राजधानीमा आयोजित कार्यक्रममा जिफन्ट अध्यक्ष विष्णु रिमालले प्रदेश ३ बाट प्रतिनिधित्व गरेका ३ सय २० प्रतिष्ठानका अध्यक्ष र प्रतिनिधिहरुसमक्ष सरकार र व्यवसायीसँगको सम्बन्ध छिनोफानो गर्नेगरि मजदुर आन्दोलनमा जुट्न निर्देशन दिएका छन् ।
उनले निर्देशनात्मक शैलीमा भने, ʽअब हामी आगामि दिनमा कार्यथलोको नक्साङ्कन गर्छाैं । कहाँ–कहाँ के –के छन् ? क–कसले के–के गर्छन् ? दूधका दूध पानीका पानी छुट्याउने बेला आएको छ । तपाईहरु जहाँ काम गर्नुहुन्छ । हामीले अब रेकर्ड राख्ने छौं । आगामि मे दिवस मनाउँदा हामीले जे तथ्य प्राप्त गर्छाैं त्यो तथ्यको आधारमा व्यवसायीसित के व्यवहार गर्ने ? र सरकारसित के व्यवहार गर्ने भन्ने बारेमा छिनोफानो हुनेछ । ʼ
सबै ट्रेड युनियन संगठनसँग मिलेर आन्दोलनको हुन्डरी मच्चाउने तयनरी भईरहेको जानकारी दिंदै उनले भने, ʽछिनोफानो जिफन्ट एक्लैले गर्नेछैन । नेपालमा रहेका सबै ट्रेड युनियनहरुलाई साथमा लिएर गरिनेछ । नेपालमा श्रम आन्दोलनको लागि आवश्यक पर्छ भने हुण्डरी मच्चाउन क्षमता राख्छौं । त्यो गरिनेछ ।ʼ
मजदुर आन्दोलनको तयारीस्वरुप उनले दिएका निर्देशन यसप्रकार छन्ः–
१) सबै स्थानमा ट्रेड युनियन गठन भए नभएको हिसाब गर्ने ।
२) न्यूनत्तम पारिश्रमिकको व्यवस्था भए नभएको हिसाब गर्ने । साहुजीहरु नो वर्क नो पे भन्नुहुन्छ । राज्यले दिनु भनेको ९,७०० दिनुभएको छ कि छैन । अब यो रकम श्रमिकका लागि उपयुक्त हो कि हैन त्यसको खोजी गरिनेछ । ९,७०० ले के खान्छन् हाम्रा श्रमिकले ? हाम्रो प्रश्न यहाँ छ । त्यो पनि सबै ठाउँमा न्यूनत्तम पारिश्रमिक लागु भएको छ कि छैन एक हिसाबले हरहिसाब खोजिनेछ ।
३) कतिपय उद्योगमा सामुहिक सौदाबाजी हुन दिईएको छैन । त्यसको लेखाजोखा राख्ने ।
४) कर्मचारीलाई स्थायी गर्ने कानुनी व्यवस्था छ, त्यो भएको छ कि छैन हेर्ने । नयाँ काननु नआएसम्म त्यो गर्ने दायीत्व पूरा गर्नेले गर्यो कि गरेन त्यसको लेखा जोखा राख्ने ।
५) सामाजिक सुरक्षाको एक प्रतिशत कर काटिएको छ । त्यो काटिएको कर व्यवसायीहरुले आफ्नो खल्तीमा हाल्नुभएको छ कि वा कर कार्यालयमा पठाउनुभएको छ त्यसलाई जाँच पड्ताल गर्न जरुरी छ ।
६) व्यवसायीहरुले राज्यले तोकेको र कानुनले तोकेको व्यवसायजन्य सुरक्षाहरु व्यवस्थित गरिएको छ कि छैन ? त्यसको लेखाजोखा राख्ने ।
उनले यी विषयहरुबारे देशभर अध्ययन गरिने भन्दै ढुक्कसँग सूचना संकलन गर्न विभिन्न प्रतिष्ठानका अध्यक्षहरुलार्य निर्देशन दिएका हुन् । सूचना संकलन गर्दै गर्दा आफ्नो भूमिकालाई पनि ख्याल गर्न र कोहि कसैसित नडराउन पनि उनको निर्देशन रहेको छ ।
कार्यक्रममा जिफन्ट महासचिव विष्णु लम्सालले मजदुरमाथि हुने शोषणबारे नेता कार्यकर्तालाई चुप भएर बस्न नदिने र तल्लोभन्दा तल्लो स्तरसम्म दबाबमूलक कार्यक्रमको शुभारम्भ गरिएको बताए ।
जिफन्ट उपमहासचिव एवं प्रदेश नं ३ का संयोजक जनक चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी थिईन् । कार्यक्रममा ३ सय २० प्रतिष्ठानका १ हजार प्रतिनिधिको सहभागीता रहेको थियो । जसले १५ लाख श्रमशक्तिको प्रतिनिधित्व गर्ने कार्यक्रममा जानकारी दिइयो ।

प्रतिक्रिया