राजमो दैलेखको एक वर्षे सतवार्षिक कार्यक्रमको उद्घाटन

राजमो दैलेखको एक वर्षे सतवार्षिक कार्यक्रमको उद्घाटन

देश बचाउनका लागि अभियान थालिएको हो– पोखरेल

राष्ट्रिय जनमोर्चा, दैलेखले अक्टुवर क्रान्तिको अवसरमा संचालन हुने १ वर्षे शतवार्षिकी कार्यक्रमको आज एक समारोहका बीच उद्घाटन गरेको छ । अक्टोवर क्रान्तिको शतवार्षिकी कार्यक्रम सफल पारौं ¤ नया“ पिढिका हजारौं क्रान्तिकारीहरुलाई पार्टीमा भर्ना गरौं ¤¤ ‘नौलो जनवादी क्रान्तिको आधार तयार गरौं– अखण्ड नेपाल कायम गर्न एक कदम अघि बढौं’ भन्ने मूल नाराका साथ कार्यक्रम उद्घाटन गरिएको हो । news satabarsiki rajamo dlk 2073दैलेखको देवकोटा चौकमा सम्पन्न गरिएको उदघाटन समारोहका प्रमूख अतिथि राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिका वैकल्पिक केन्द्रीय सदस्य वासुदेव पोखरेलले, अब नेपालका क्रान्तिकारीहरु एक हुनु पर्ने बताउनु भयो । उहाँले रुसमा अक्टुवर क्रान्ति सम्पन्न भएको ९९ वर्ष पुरा भएको अवसरमा विश्वका ४२ वटा राष्ट्रका अन्तराष्ट्रि कम्युनिष्ट को–अर्डिनेशनको निर्णय अनुसार नेपालमा पनि यो कार्यक्रम संचालन गर्न थालिएको बताउनु भयो । सम्बोधनका क्रममा उहाँले, वर्तमान अवस्थामा राज्य तरल अवस्थामा भएको र गणतन्त्रलाई समाप्त पार्न संघीयता लागु गर्ने, नागरिकता वितरण नीति खुकुलो बनाई अंगिकृत नागरिकताधारीहरुलाई राज्यको मूख्य पदमा पु¥याउने, मधेश टुक्राउने, सत्ता जोगाउन नेपालका प्राकृतिक स्रोत र साधनहरु विदेशीलाई बुझाउने काम भईरहेको छ । यस्ता प्रकारका समस्याहरुबाट नेपाल बचाउन र संगठन निर्माण गर्न १ वर्षे अभियान संचालन गर्न थालिएको बताउनु भयो ।
सतवार्षिकी १ वर्षे अभियान सफल पार्न राष्ट्रिय जनमोर्चा दैलेखले जिल्ला सचिव कविराज खत्रीको संयोजकत्वमा ५ सदस्य मूल ब्यवस्थापन तथा परिचालन समिति गठन गरेको छ । यसै गरि जिल्लालाई तीन क्षेत्रमा विभाजन गरि तीन वटा परिचालन उप–समिति गठन गरेको छ भने १७ सदस्य मूल स्वयंसेवक समिति गठन गरेको छ । यो अवधिभर ५७ जना कार्यकर्ता पूर्णकालीन रुपमा परिचालन गर्ने निर्णय भएको छ ।
सतवार्षिकी १ वर्षे अभियानमा राष्ट्रिय जनमोर्चा, दैलेखले ८ वटा प्रमूख एजेण्डामा आन्दोलन र अभियान संचालन गर्ने जनाएको छ । ती एजेण्डाहरुमा संगठनात्मक अभियान संचालन गरि ४९ गाविस र २ वटा नगरपालिकामा संगठन निर्मार्ण गर्ने, संघीयताको खारेजी आन्दोलन शसक्त बनाउने, कम्युनिष्ट घटकहरुसित कार्यगत एकतामा जोड दिने, राष्ट्रघाती माथिल्लो कर्णाली जलविद्युत परियोजनाको खारेजी र नेपाल सरकारले नै निर्माण गर्न आन्दोलन चर्काउने, किसानसित पार्टी अभियान संचालन गर्ने, विकासहरुको अनुगमन, मूल्याङ्कन र अनियमितता गर्नेहरुलाई जनकारवाही गर्ने, दैलेखलाई औद्योगिक क्षेत्र, पर्यटकीय क्षेत्र बनाउन पहल गर्ने, शैक्षिक अराजकताका विरुद्धमा आन्दोलन गर्ने र जिल्ला अस्पतालको स्तर उन्नती तथा दुरदराजका वासिन्दाहरुलाई सुलभ स्वाथ्य उपचार सोही ठाउँमा प्राप्त गराउन आन्दोलन तथा दवाव श्रृजना गर्ने रहेकाछन ।
सतवार्षिकी कार्यक्रमको उद्घाटन कार्तिक २२ देखी २८ गतेसम्म जिल्लाका विभिन्न ठाउँहरुमा निरन्तर संचालन हुने कुराको जानकारी जिल्ला सचिव तथा सतवार्षिकी कार्यक्रमका मूल ब्यवस्थापन तथा परिचालन समितिका संयोजक कविराज खत्रीले दिनु भएको छ ।

प्रतिक्रिया