कथित बोक्सीको आरोपमा अमानवीय व्यहार गरेको भन्दै प्रहरीमा उजुरी

कथित बोक्सीको आरोपमा अमानवीय व्यहार गरेको भन्दै प्रहरीमा उजुरी

दैलेख, कात्तिक २३ – रानीवन गाविस–१ लामिडाँडाकी ७३ वर्षीया पुष्पा सुनारलाई कथित बोक्सीको आरोपमा सोही ठाउँका ६२ वर्षीय देवर भक्तबहादुर सुनारले अमानवीय व्यवहार गरेको आरोपमा पीडितले आज जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।Puspa (1)कात्तिक १४ गते भक्तबहादुरको आगनमा देउसी भैलोको नाँच हेरेको र सोही राति बाख्राको पाठो मरेको विषयलाई लिएर कात्तिक १५ गते विहान आफू बसेका जेठा देवर सर्जन सुनारको घरमा मरेको पाठो ल्याएर ‘तँ बोक्सीले पाठो खाइस् भन्दै धकलपकल गरे’ पीडित पुष्पाले भनिन् ।
आफू २२ वर्षकी छँदा टेकबहादुर सुनारसंग विवाह गरेमा विवाह गरेकै वर्ष श्रीमानले अर्को विवाह गरी कञ्चनपुरको बेलौरीमा घरजम गरेका र श्रीमान्को निधन भएको पनि अहिले २२ वर्ष भइसकेको बताइन् । विवाह गरेका १ वर्षमै श्रीमान्ले अर्को विवाह गरी गएका कारण उनीबाट कुनै सन्तान जन्मेनन्, उनी निसन्तान छिन् ।
‘विवाह गरी गएका मान्छे आउलान् नि भनेर जीवन गुजारें, श्रीमान् आएनन्’ उनले पतिव्रतता सुनाइन् । ‘मेरो श्रीमान् पनि छैनन्, जायजन्म पनि केही भएन’ देवरले बोक्सी भन्ने आँट गरे उनले दुखेसो पोखिन् । पुष्पा आफूलाई बोक्सी अहिलेसम्म कसैले नभनेका तर पहिलो पटक भक्तबहादुरले त्यस्तो आरोप लगाएको बताइन् ।
पीडित पुष्पाले जिल्ला प्रहरी कार्यालयमा झिकाई कारवाही गरिदिन दिएको निवेदनमा प्रहरी प्रमुख डीएपी केदार रजौरेले गैडाबाज प्रहरी चौकीमा छलफल गराउनु भनी फर्काएकोमा चित्त दुखाएकी छिन् । डीएसपी रजौरेले प्रहरी इकाईकै काम र कार्यक्षेत्र भएकोले चौकीमा छलफल गराउन पठाएको बताए ।
कथित बोक्सीको आरोप लगाएको पींडा र जिल्ला प्रहरी कार्यालयले चौकीमै फिर्ता पठाएको विषयमा पीडित महिलाको रोदन, उनकै बोलीमा सुन्नुहोस ।
अडियो सुन्न तल क्लिक गर्नु हाेस ः

अडियाे र तस्विर ः अमर सुनार

प्रतिक्रिया