जवरजस्ती करणीको आरोपमा साढे सात वर्ष सजाय

जवरजस्ती करणीको आरोपमा साढे सात वर्ष सजाय

जवरजस्ती करणीको प्रयत्न गरेको आरोप लागेका १५ वर्षका एक जना बालकलाई साढे ७ वर्ष बाल सुधारगृहमा राख्ने र पीडितलाई १० हजार रुपैंयाँ क्षतिपूर्ति तिर्नुपर्ने सजाय भएको छ ।
बाल न्याय प्रणाली अनुसार नाम गोप्य राख्ने कानूनी प्रावधान मुताविक डीटू नाम दिइएका ती बाल बिज्याईकर्ता बालकलाई आजै प्रहरी मार्फत भक्तपुर बाल सुधारगृहमा पठाइएको छ ।
ती बालकले ५ वर्षकी अपाङ्ग बालिकालाई जवरजस्ती करणीको प्रयत्न गरेको ठहर भएकोले उक्त सजाय भएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार अधिकृत रमेश श्रेष्ठले बताए ।
जवरजस्ती करणीको प्रयत्न गरेकोमा १० वर्ष र अपाङ्ग बालिका माथि त्यस्तो दुस्साहस गरेकोमा ५ वर्ष समेत कुल १५ वर्ष कैद हुन सक्नेमा आरोपित व्यक्ति बालक ठहर भएकोले बयस्कलाई हुने सजायको आधा मात्र सजाय भएको हो । बालबालिकाले गल्ती गर्न सक्छन् तर अपराध गर्दैनन् भन्ने कानूनी मान्यता छ ।
जिल्ला न्यायधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट सो सजाय भएको हो । इजलासमा बिज्याईकर्ता बालकको प्रतिरक्षा दैलेख जिल्ला अदालतका वैतनिक वकील अधिवक्ता टीकाराम थापा र पीडित बालिकाको तर्फबाट जिल्ला सरकारी वकील बिष्णु पौडेलले गरेका थिए ।

प्रतिक्रिया