दलितलाई पानी थपेर पञ्चामृत !

दलितलाई पानी थपेर पञ्चामृत !

दैलेख, कात्तिक २६ – चामुण्डा गाविस–५ लिष्टेका बृखबहादुर शाहीको घरमा आज लगाइएको रुद्री पूजामा बोलाइएका दलितहरुलाई ब्राम्हणहरुले पञ्चामृत नदिएको विषय उठेपछि पानी थपेर पञ्चामृत बाँडिएको छ । दलित अगुवाहरुले सगोलमा पञ्चामृत नदिएकोमा बिरोध गरेपछि पानी थपेर अलग्गै नाम मात्रको पञ्चामृत दिएको खुलेको छ ।
पूजा सञ्चालक परिवारबाट नभई प्रासादी बाँड्दै गरेका सोही ठाउँका पण्डितहरु बिष्णुप्रसाद उपाध्याय, पदमप्रसाद उपाध्याय, तिलकप्रसाद उपाध्यायले दलितहरु जतिलाई प्रासादमा विभेद भएको दलित अगुवाहरुले बताएका छन् ।
विभेद भएको देखेर पनि एमालेको पूर्व जिल्ला कमिटी सदस्य बिष्णुबहादुर शाही, नेपाली काँग्रेसका गाउँ सभापति समेत मुकदर्शक भएर बसेका भन्दै दलित अगुवा लालबहादुर बिकले दुखेसो पोखे । अरु बेला आदर्श जनाउने दलका जिम्मेवार नेता चुप लागेको देखेर अन्याय लागेको बताए ।
स्थानीय शिक्षक कनकबहादुर शाहीले ‘दलितलाई नदिने भए हामी पनि खान्नौं’ भनेपछि पानी थपेर दलितलाई मात्रै छुट्टै पञ्चामृत ल्याएकामा आफूहरुले अस्वीकार गरेको लालबहादुरको भनाई छ । तर शिक्षक कनकबहादुरका अनुसार पानी थपेर ल्याइएको पञ्चामृत त्यहाँका दलितहरुलाई दिइएको थियो ।
घटनाबारे पण्ति तिलकप्रसादसंग प्रतिक्रिया माग्दा ‘कसैलाई विभेद नगर्नु भनी पठाएको कुन चाहिं साथीले दलितलाई पञ्चामृत दिएनन् भन्नेपछि सनें, सिकायत आएपछि पानी थपेर बाँडिनु कमजोरी हो ।’ उनले भने ‘अवआईदा यस्तो कमजोरी दोहोरिने छैन, सामान्य रुपमा लिइदिनुहोला ।’

प्रतिक्रिया