प्रहरीको स्कटीङ्गमा यातायात संचालन

प्रहरीको स्कटीङ्गमा यातायात संचालन

दैलेख, २८ कात्तिक –
नेकपा माओवादी विप्लव समूहले आयोजना गरेको बन्दको क्रममा देशभर यातायात ठप्प भएपनि दैलेखमा भने प्रहरीको सहायताले यातायात सुचारु भएको छ ।
टाढा र काम विशेषले गन्तव्यसम्म पुग्नुपर्ने यात्रुको आवश्यकतालाई मध्यनजर गर्दैै कर्णाली राजमार्गमा प्रहरीको स्कटीङ्गमा यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी केदार रजौरेले बताउनुभयो ।
सुर्खेतको बड्डिचौरदेखि कालिकोटको जीतेगडावीचको एक सय किलामीटर दुरीमा तल्लोडुंगेश्वर, पाल्ततडा र राकम प्रहरी इकाईहरुले स्कटीङ्ग गरेका पाल्तडाका सई डोरबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
कर्णाली राजमार्गमा प्रहरी स्कटीङ्गले यातायात सञ्चालन भएपनि दैलेख सदरमुकामबाट सुर्खेत, काठमाण्डौं, नेपालगञ्ज र जिल्लाभित्र भने यातायात बन्द नै थियो । बन्दकर्ताले दैलेखमा कुनै तोडफोड वा अरु नोक्सानी गरेनन् ।
बन्दका कारण करिव ७ सय विद्यालय, कलकारखाना, बजार चाहिं पूर्णरुपमा बन्द भएका थिए ।

प्रतिक्रिया