दुल्लू नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

दुल्लू नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

दुल्लू नगरपालिका कार्यलय दुल्लूको गुणस्तरिय एबम् प्रभावकारी सेवा प्रवाहका लागि आर्थिक वर्ष ०७३÷०७४ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई तथा आर्थिक वर्ष २०७२÷०७३ को सामाजिक परिक्षण कार्यक्रम दुल्लूको द्रोणचल क्याम्पस दुल्लूमा सरकारी कार्यालयका प्रमुख, पत्रकार, राजनीतिक दलका प्रतिनिधिहरु, लगाएत सर्बसाधार सेवाग्राही नागरिकको सहभागितामा सम्पन्न भएको छ ।
दुल्लू नगरपालिकाका कार्यकारी अधिकृत मात्रृका प्रसाद भटर्राकोे अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा दुल्लूमा रहेका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, जिल्लामा क्रियाशिल राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, जवाफ देहित बक्ताका रुपमा रहेका थिए ।
चौमासिक प्रगति प्रतिबेदन प्रस्तुत गरेर कार्यक्रममा उपभोक्ता तथा नागरिकलाई जानकारी गराईएको थियो । । दुल्लू नगरपालिकाले प्रथम चौमासिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा जम्मा आन्तरिक बजेट ४,७२,८३० मध्य जम्मा २ लाख ८० हजार आन्तरिक खर्च भएको जनाएको छ । कार्यक्रमको सहजिकरण असलसासन जिल्ला सम्वय समितिका सदस्य दिपक आचार्यले गर्नु भएको थियो ।कार्यक्रममा सेवाग्रही बाट उठेका गुनासालाई मध्यनजर गर्दै ति गुनासालाई सम्बन्धित निकाय संग छलफल गरेर समस्या हल गर्ने कुरालाई जवाफदेहिता बक्तले प्राथमिकतामा राखेका छन् । अबका केहिदिनमैदुल्लू बजार क्षेत्रभित्रका सडकमा राखेका निर्माण सामग्रिहरु हटाउनमा सबै सहमत भएका छन् । कर्यक्रममा ७ वटा प्रतिबत्ता गरेका छन ।

प्रतिक्रिया