इलाका स्तरीय सार्वजनिक सुनुवाई सम्पन्न

इलाका स्तरीय सार्वजनिक सुनुवाई सम्पन्न

दैलेख, कात्तिक ३० । दैलेखको इलाका नम्बर २ मा मंगलबार जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका गतिविधिबारे सार्वजनिक सुनुवाई भएको छ । बडाखोला, बाँसी, काँशिकाँध, रानीवन, भवानी र खरिगैरा गाविसमा विभिन्न निकायले दिएका सेवाबारे आमजनताले सम्बन्धित कार्यालयका प्रमुख तथा प्रतिनिधिसँग जिज्ञासा राखेका थिए । जिल्ला विकास समितिका तर्फबाट कार्यक्रम अधिकृत शम्शेर वहादुर शाहीले सेवाग्राहीको प्रश्नको जवाफ दिएका थिए । यस्तै जिल्ला स्वास्थ्य, शिक्षा, कृषि, वन, भुसंरक्षण, इलाका प्रहरी कार्यालय, हेल्भेटास र एभ्रेष्ट क्लबले सो इलाकामा दिएका सेवाबारे सेवाग्राहीले चासो राखेका थिए । सेवाग्राहीको प्रश्नको जवाफ सम्बन्धित कार्यालयका प्रमुखले दिएका थिए । सुनुवाईको सहजीकरण पत्रकार विष्णु शर्माले गरेका थिए ।

प्रतिक्रिया