सुर्खेतमा ३० प्रतिशतले धान उत्पादनमा वृद्धि हुने

सुर्खेतमा ३० प्रतिशतले धान उत्पादनमा वृद्धि हुने

सुर्खेत जिल्ला कृषि विकास कार्यालय सुर्खेतले गत वर्षको तुलनमा सुर्खेतमा यो वर्ष करिब ३० प्रतिशतले धान उत्पादनमा वृद्धि हुने अनुमान गरेको छ । धान रोप्ने समयमा पर्याप्त वर्षा भएको, अनुकूल मौसम र रोगकिरा नलागेकाले सुर्खेतमा उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जनाएको छ ।
गत वर्ष ४२ हजार ४ सय ३ मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष ३० प्रतिशतले धान उत्पादन वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । यो वर्ष वेलैमा रोपाइँ सकिएकाले उत्पादन बढ्ने देखिएको कृषि प्रसार अधिकृत गिरीले बताए । जिल्लामा करिब ५५ हजार २ सय हेक्टर जमीन खेतीयोग्य रहेको उनले बताए । जिल्लाका केही क्षेत्रमा आकासेपानीको भरपर्ने वाध्यता रहेको भएपनि १२ हजार २ सय ७६ हेक्टरमा मौसमी सिंचित र १० हजार ४ सय ४९ हेक्टरमा वर्षभरी सिंचित हुने गरेको कृषि प्रसार अधिकृत गिरीले बताए । सुर्खेतमा गुटु, मेहेलकुना, छिन्चु, सहारे, गुमी, राकम, बजेडीचौर, वीरेन्द्रनगर, सालकोट, विद्यापुर र बाबियाचौर धानखेतीका लागि पकेट क्षेत्र मानिन्छन् ।
१३ हजार २ सय ५२ हेक्टरमा धान खेती गरिँदै आएको सुर्खेतमा यो वर्ष ३० प्रतिशतले धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय सुर्खेतका कृषि प्रशार अधिकृत प्रेमदेव गिरीले बताए । ‘गत वर्षको तुलनामा यस वर्ष मनसुन सुरुवातदेखि नै राम्रो वर्षा भएका कारण सुर्खेत जिल्लामा धान उत्पादन विगतमा भन्दा उत्पादन बढ्ने अनुमान गरेका छौँ,’ कृषि प्रसार अधिकृत गिरीले भने, ‘अझँ केहि ठाउँमा धान काट्न वाकी रहेकाले यसमा वढ्न सक्ने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ ।’

प्रतिक्रिया