उपकुलपतिको निवासमा तोडफोड

उपकुलपतिको निवासमा तोडफोड

सुर्खेत मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीहरुले उपकुलपतिको निवासमा तोडफोड गरेका छन् । इन्जिनेरिङ्ग संकायकाविद्यार्थीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ९ आवसक्षेत्रमा रहेको विश्वविद्यालयको विस्तारित कार्यालय र उपकुलपतिको निवासमा तोडफोड गरेका हुन । केही महिना अगाडी विश्वविद्यालयमा माओवादी निकट क्रान्तिकारी विद्यार्थी संगठनले विभिन्न माग राख्दै उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरिएको थियो । माग राखी आन्दोलन गरिरहेको विद्यार्थीले मंगलवार दिउँसो सवा १२ बजेतिर कार्यालय र उपकुलपति निवासमा तोडफोड गरेको विश्वविद्यालयले जनाएको छ । विस्तारित कार्यालय र भिसी निवासमा प्रवेस गरी विद्यार्थीले कुर्सी, टेवल र उपकुलपति चढने गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ । विद्यार्थीहरुले कार्यालय र निवासमा तोडफोड गर्न थालेपछि वाथरुममा नुहाईरहेका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालालाई कर्मचारीले वाहिरवाट ताला लगाएर बचाएको जनाईएको छ ।

एक कर्मचारीले भने विद्यार्थीहरु तोडफोड गदै भित्र पसेपछि उपकुलपतिलाई केही गर्छन कि भन्ने डरले ताला लगायौ । ताल लगाएपछि उनीहरुले कार्यकक्षका कुर्सी, टेवलहरु तोडफोड गरे । उपकुलपति कोइरालाले मागहरु पुरा हुने डरले केही विद्यार्थीले कार्यालयमा तोडफोड गरेको उनले बताए । यो आन्दोलन विश्वविद्यालय सुधारको लागि हैन, यो अवरोध गर्नको लागि मात्रै हो । तोडफोडमा इन्जिनेरिङ्ग संकायका केही विद्यार्थीको मात्रै संलग्नता रहेको उपकुलपति कोइरालाले दावी गरे । इन्जिनेरिङ्ग संकायका विद्यार्थीको माग यस्तो छ परिक्षा समितिले गरेको निर्णय अनुसार सेमेस्टर परिक्षामा ५० प्रतिशत अनुर्तीण विद्यार्थीलाई पुर्न परिक्षामा सामेल हुन नपाउने निर्णय तत्काल खारेज गर्नुपर्ने, उत्तरपुस्तिका परिक्षण गर्दा सम परिक्षणको व्यवस्था हुनुपर्ने, इन्जिनेरिङ्ग संकायमा अनुभवि र पूर्णकालिन शिक्षकको व्यवस्था गर्नुपर्ने, प्रत्येक वर्ष १० प्रतिशतका दरले बृद्धि भएको लगायतका माग राख्दै उपकुपति निवासमा तोफ गरेका छ । सुर्खेतमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना भएका ६ वर्ष पुग्यो । सुर्खेती जनताको त्यागका कारणले बनेको विश्वविद्यालय हो । विश्वविद्यालय स्थापना २०६८ साल भएको थियो ।

प्रतिक्रिया