पीडितलाई राहतमुखी कार्यक्रम जरुरी ः न्यायाधीश पण्डित

पीडितलाई राहतमुखी कार्यक्रम जरुरी ः न्यायाधीश पण्डित

दैलेख जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितले पीडितलाई राहतका कार्यक्रमहरु पनि जरुरी रहेको बताउनुभएको छ । सामाजिक कानूनी सहायता केन्द्रको त्रैमासिक समीक्षा कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो अदालत प्रक्रियामा गएकाहरुले पनि आपत्कालिन राहत चाहन्छन् तर हामीसंग हुदैन ।
अदालतले उपचारात्मक न्याय दिन्छ, कतिपय अवस्थामा मुद्दा प्रक्रियाकै बेला राहत आवश्यकता भएको बेला महिला तथा बालबालिका कार्यालय र यस क्षेत्रमा क्रियाशील गैरसरकारी निकायबाट सहयोग दिन सक्नुपर्छ तर तत्परता देखिएन जिल्ला न्यायाधीश पण्डितले असन्तुष्टी व्यक्त गर्नुभयो ।
जिल्ला सरकारी वकील कार्यालयका प्रमुख बिष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला कानूनी सहायता केन्द्रका कार्यक्रम संयोजक मातृकाप्रसाद खनालले कानूनी सहायता केन्द्रले सन् २०१६ को नोभेम्वरसम्म पीडितहरुलाई पु¥याएको न्याय सेवा विषयमा प्रकाश पार्नुभएको थियो ।
त्यसबखत नेपाल बार एशोसियशनका जिल्ला अध्यक्ष यामराज थापा, अधिवक्ताहरु सुरेन्द्र अधिकारी र सर्वराज जोशीले कानूनी सहायता केन्द्रका सेवा प्रकृति, प्रभाव र अझै सहज बनाउने विषयमा आआफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी नायव उपरीक्षक केदार रजौरे लगायत सरोकारवाला सरकारी तथा गैरसकारी निकायको सहभागिता थियो ।

प्रतिक्रिया