दैलेख जिल्लामा उच्चमूल्य कृषिबस्तु विकास आयोजनाको समीक्षा कार्यक्रम

दैलेख जिल्लामा उच्चमूल्य कृषिबस्तु विकास आयोजनाको समीक्षा कार्यक्रम

उच्च मूल्य कृषि बस्तु विकास आयोजनाले आ.व. ०७३।७४ को अवधिसम्म दैलेख जिल्लामा ३ करोड ६६ लाख ८५ हजार ४ सय ८४ रुपैंयाँ खर्च गरेको जनाएको छ । कार्यक्रम सञ्चालन भएको ३ वर्ष अवधिमा आयोजनाले कुल १८ सय ६३ घरधुरीले उच्चमूल्य पाउने कृषि बस्तुको उत्पादन गरी लाभ लिएका बताइएको छ ।
आयोजनाको समीक्षा बैठकमा आज दिइएको जानकारी अनुसार यो वर्ष मात्र ३ सय ८४ घरधुरीले कृषि उत्पादकत्व बृद्धिका लागि पेश गरेको प्रस्ताव अनुसार प्रत्यक्ष लाभ लिएको सामाजिक सेवा केन्द्र (सोसेक) उच्च मुल्य कृषि वस्तु विकास आयोजनाका जिल्ला कार्यक्रम संयोजक पुस्कर शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया