दैलेख वजारको साथै गाउँ गाउँमा अन्तरष्ट्रिय बाल अधिकार दिवस

दैलेख वजारको साथै गाउँ गाउँमा अन्तरष्ट्रिय बाल अधिकार दिवस

दुर्गा गिरी
मंसीर ५, दैलेख, सम्वद्र्धन बल अधिकारको ः कार्यान्वयन संविधानको मूल नारा सहित दैलेख वजारमा अनर््तराष्ट्रिय बाल अधिकार दिवस र्याली सहित कार्यक्रम श्री जनता आधारभुत विद्यालयमा मंसीर ५ ( २० नोभेम्वरमा) सम्पन्न भएको छ । CRC days1 CRC day2 CRC Day
जिल्ला बाल कल्याण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्री लुक ब. क्षेत्री ज्यूको अध्यक्षता र दैलेख क्षेत्र न. १ का सभासद श्री अम्वर ब. थापा ज्यूको प्रमुख आथीत्यमा र जिल्ला स्थित राजनैकिदलका प्रतिनिधी, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधीहरु, विभीन्न विद्यालयका शिक्षक, तथा बालबालिकाको आथित्यता तथा उपस्थितीमा कार्यक्रम संचालन भएको थियो । कार्यक्रम उद्घाटन प्रमुख अतिथी अम्वर बहादुर थापा ज्यूले ब्यानर पढेर गर्नुभएको थियो । बाल दिवसको अवसरमा मंसीर ४ गतेका दिन बाल विवाह न्यूनीकरणमा बालबालिकाको भूमिका विषयक निवन्ध लेखन कार्यक्रम संचालन गरि बाल दिवसको अवसर पारी छनोट भएका बालबालिकालाई पुरस्कर वितरण गरिएको थियो । प्रथम हुनेमा दिपेन्द्र वि.सी, द्धितीयमा मनिसा खड्का र तृतियमा सुनिता ढकाल भएका थिए । प्रथम स्थान हासील गरेको निवन्ध वाचन गरिएको थियो । बालबालिकाको तर्फबाट मनिसा खड्काले, राजनितीक दलको तर्फबाट माननिय सांसद श्री अम्वर बहादुर थापा ज्यूले र मन्तब्य सहित कार्यक्रम सभाध्यक्ष ज्यूले गर्नु भएको थियो ।
कार्यक्रममा बाल अधिकारलाई शुनिश्चीत गर्नको लागि सवैले सवै स्थानमा पहल गर्नुपर्ने कुराहरु औलाउनु भएको थियो । बाल अधिकार सम्वन्धिका जनचेतनामूलक कार्यक्रम संचालन गर्दा सवैको पहुच पुग्ने गरि संचार माध्यमबाट प्रचार प्रसार गरि सवै सामु पूर्याउनु पर्ने जस्ता कुराहरु औलाउनुभएको थियो ।

विन्ध्यवासीनी गा.वि.स.
विन्ध्यावासीनी बाल संजालको आयोजनामा समाजिक सेवा केन्द्र (सोसेक) दैलेख, ए.इ आइ लक्जेम्वर्ग र टी डी एच जर्मनी नेपाल कार्यक्रमको सहयोगमा विन्ध्यावासीनीमा सांस्कृतीक कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रमको अध्यक्षता संजालका अध्यक्ष भविसरा थापा, प्रमुख अतिथी जंग बहादुर शाही, अतिथी विभीन्न राजनैतिक दलका प्रमुख एंव प्रतिनिधी, महिला संजाल प्रतिनिधी, युवा संजाल प्रतिनिधीहरु र विद्यालय शिक्षकहरुको आथीत्यता र बालबालिकाहरु र वुद्धिजिवीको उपस्थितीमा संचालन गरिएको थियो । प्रतियोगितामा ७ वटा बाल क्लवहरुको सहभागीता रहेको थियो । प्रथम झरना बाल क्लव, द्दितीय त्रिपानी जागरण बाल क्लव र तृतिय सरस्वती जागरण बाल क्लव भएका थिए । अतिथीहरुले मन्तव्य राख्नु भएको थियो । जसमा बाल अधिकारको शुनिश्चीतताको लागि आ आफ्नो स्थानबाट सहयोग सहयोग गर्ने प्रविद्धता जाहेर गर्नुभएको थियो ।

वांसी गा.वि.स
सुन्दर बाल संजालको आयोजनामा सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको, ए.इ आइ लक्जेम्वर्ग र टी डी एच जर्मनी नेपाल कार्यक्रमको सहयोगमा वांसी गा.वि.स.मा सांस्कृतीक कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रमको अध्यक्षता संजालका अध्यक्ष रविन्द्र वुढा, प्रमुख अतिथी राम बहादुर थापा, अतिथी विभीन्न राजनैतिक दलका प्रमुख एंव प्रतिनिधी, महिला संजाल प्रतिनिधी, युवा संजाल प्रतिनिधीहरु र विद्यालय शिक्षकहरुको आथीत्यता र बालबालिकाहरु र वुद्धिजिवीहरुका् उपस्थितीमा संचालन गरिएको थियो । प्रतियोगितमामा ६ वटा बाल क्लवहरुको सहभागीता रहेको थियो । प्रथम नमुना बाल क्लव, द्दितीय अधिकारी बाल क्लव र तृतिय गोल्डेनगेट बाल क्लव र सान्त्वना परिवर्तनशिल बाल क्लव भएका थिए । अतिथीहरुले मन्तव्य राख्दै्र बाल अधिकारको शुनिश्चीतताको लागि आ आफ्नो स्थानबाट सहयोग सहयोग गर्ने प्रविद्धता जाहेर गर्नुभएको थियो । बाल विवाह न्यूनीकरणको लागि बालबालिका तथा अविभावक, राजनितीक दल, सरकारी तथा गैरसरकारी संघसंस्थाले सहयोग गर्नुपर्ने कुराहरु प्रष्ट पार्नुभएको थियो ।

वडाखोला गा.वि.स
ज्वाला बाल संजालको आयोजनामा सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख, ए.इ आइ लक्जेम्वर्ग र टी डी एच जर्मनी नेपाल कार्यक्रमको सहयोगमा वडाखोला गा.वि.स.मा वाल विवाह न्युनिकरण सम्वन्धि अन्तर क्लव स्तरीय सांस्कृतीक कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रमको अध्यक्षता संजालका अध्यक्ष ज्लाला विष्ट, प्रमुख अतिथी भिम बहादुर खड्का, विशेष अतिथीमा कृष्ण बहादुर सावद, अतिथी विभीन्न राजनैतिक दलका प्रमुख एंव प्रतिनिधी, महिला संजाल प्रतिनिधी, युवा संजाल प्रतिनिधीहरु, वुद्दीजीवी, समाजसेवी र विद्यालय शिक्षकहरुको आथीत्यता र बालबालिकाहरु उपस्थितीमा संचालन गरिएको थियो । बाल विवाह न्यूनीकरण सम्वन्धि वक्तृत्वकला प्रतियोगिता संचालन गरिएको थियो । प्रतियोगितामा ५ वटा बाल क्लवहरुको सहभागीता रहेको थियो । प्रथम जगधिस बाल क्लव, द्दितीय सृजनशिल बाल क्लव र तृतिय चेतनशिल बाल क्लव र सान्त्वना हरीयाली बाल क्लव रहेका थिए । अतिथीहरुले मन्तव्य राख्दै बाल अधिकारको शुनिश्चीतताको लागि आ आफ्नो स्थानबाट सहयोग गर्ने प्रविद्धता जाहेर गर्नुभएको थियो ।बाल विवाह गर्दा विभीन्न किसीमका मानसिक तथा शारीरीक रुपमा असर पर्न जाने भएकोले अविभावकले विशेष वातावरण निर्माण गरि वालविवाह न्युनिकरणमा सहयोग गर्नुपर्ने कुराहरु सुझावको रुपमा राख्नुभएको थियो ।

भैरीकालिकाथुम गा.वि.स
लालीग“रास बाल संजालको आयोजनामा सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख, ए.इ आइ लक्जेम्वर्ग र टी डी एच जर्मनी नेपाल कार्यक्रमको सहयोगमा भैरिकालिकाथुम गा.वि.स.मा सांस्कृतीक कार्यक्रम सहित हाजिरीजवाफ प्रतियोगिता संचालन गरिएको थियो । कार्यक्रमको अध्यक्षता संजालका अध्यक्ष गणेश रिजाल, प्रमुख अतिथी हिमालय मा.वि. प्राचार्य विशाखर रिजाल, अतिथी महिला संजाल प्रतिनिधी, युवा संजाल प्रििनधीहरु, वुद्दीजीवी, समाजसेवी र विद्यालय शिक्षकहरुको आथीत्यता र बालबालिकाहरु उपस्थितीमा संचालन गरिएको थियो । हाजीरीजवाफ र वक्तृत्वकला प्रतियोगिता संचालन गरिएको थियो । प्रतियोगितामा ६ वटा बाल क्लवहरुको सहभागीता रहेको थियो । प्रथम समावेशी बाल क्लव, द्दितीय हिमालय बाल क्लव र तृतिय भैरवी पंचकोशी बाल क्लव र सान्त्वना सहनशिल बाल क्लव रहेका थिए । अतिथीहरुले मन्तव्य राख्दै बाल अधिकारको शुनिश्चीतताको लागि आ आफ्नो स्थानबाट सहयोग गर्ने प्रविद्धता जाहेर गर्नुभएको थियो ।

यसै गरि अन्र्तराष्ट्रिय बाल अधिकार दिवस को अवसरमा सोसेक नेपाल दैलेख र सेभ द चिल्डे«नको साझेदारितामा संचालनमा रहेको सहयात्रा परियोजना अन्र्तगत कार्यक्षेत्रका दुल्लु नगरपालिकामा बाल विवाह न्यूनीकरण सम्बन्धि मावि स्तरिय लोकगित प्रतियोगितको आयोजना गरिएको थियो । जसमा जम्मा ४ वटा समुहले भाग लिएका छन् । त्यसैगरि चामुण्डा गाविसमा प्रगतिशिल बाल क्लबले बाल अधिकार दिवसको अवसर पारि बाल भित्ते प्रत्रिका प्रकाशनको थालनी गरेको छ र सो कार्यलाई आगामी दिनमा निरन्तर गरिने छ ।
अन्र्तराष्ट्रिय बाल अधिकार दिवसकै अवसरमा पिलाडी गाविसमा बाल विवाह न्यूनीकरणमा बालबालिकाको भुमिका विषयक निबन्ध प्रतियोगिताको आयोजना गरिएको छ ।

प्रतिक्रिया