छ दिनदेखि विद्यालय बन्द

छ दिनदेखि विद्यालय बन्द

दैलेख, मंसिर ७ – स्थानीय तहको सिमांकनको विवादमा दैलेखको इलाका नं. ७ का ३ गाविसका राजनीतिक दलहरुले गरेको वन्दको कारण ४० भन्दा बढी विद्यालयको पठनपाठन ६ दिनदेखि अवरुद्ध भएको छ । बन्दको क्रममा कालभैरव, गौरी र मालिका गाविसको कार्यालयहरु पनि मंसिर २ गतेदेखि तालाबन्दी गरिएका छन् ।
गमौडी गाविस समेतलाई गाभेर ज्वालामालिका गाउँपालिका बनाइनु पर्ने माग राखेका ती आन्दोलनकर्मीहरुले आज मंसिर ७ गते गरेको दैलेख बन्दको कारण दिनहु एक जति गाडी आवागमन गर्ने सुर्खेत दैलेख मोटरबाटोमा दिनभर पूर्णरुपमा यातायात अवरुद्ध भए ।
इन्सेक प्रतिनिधि अमर सुनारको सहजीकरणमा आज कालभैरवका दिपेन्द्र आधारभूत विद्यालय र ज्वाला माविका विद्यायलका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालय प्रशासन, विद्यार्थी, अभिभावक र आन्दोलनकाारी समेतको सहभागितामा विद्यालय खुलाउने सन्दर्भमा विद्यालय शान्ति क्षेत्र घोषणा कार्यान्वयन सम्वन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

प्रतिक्रिया