मानव मर्यादा नै मानवअधिकार ः अधिवक्ता सिजापती

मानव मर्यादा नै मानवअधिकार ः अधिवक्ता सिजापती

दैलेख, मंसिर ७ – नागरिक समाजका अगुवा अधिवक्ता खड्गबहादुर सिजापतीले मानव मर्यादाका निम्ति मानवअधिकारको पालना गरिनुपर्ने बताउनु भएको छ ।
IMG_8813नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ दैलेखको “मानवअधिकार र आत्मसम्मानका लागि सामूहिक आवाज” परियोजनाको प्रभावकारिता विषयमा आज दैलेखको बडाखोलाको ऐराडीमा भएको अन्तरक्रिया कार्यक्रममा उहाँले मानवअधिकारको क्षेत्र फराकिलो रहेकोले संविधानमा ३२ वटा मौलिक हकको व्यवस्था भएको प्रकाश पार्नुभयो ।
अधिवक्ता सिजापतीले मानवअधिकार सबैको लागि बराबर भए पनि विछडिएको जाति, वर्ग, क्षेत्र र समुदायलाई संरक्षण गर्ने गरी प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन हुनुपर्ने बताउनुभयो । त्यस्ता कार्यक्रम सञ्चालन गर्नेहरुले पछाडि परेको समुदायलाई उठाउने समताको सिद्धान्त अपनाउनुपर्ने उहाँले सुझाव दिनुभयो ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ दैलेखका अध्यक्ष रेशम बिश्वकर्माले जातीय भेदभाव मात्र मानवअधिकार हनन् होइन महिला हिंसा, बालबालिकाको हक हित र जनजातिको पहिचान समेत परियोजनाले चासो राख्ने बताउनुभयो ।
कार्यक्रममा बडाखोला गाविसका सचिव पूर्णबहादुर थापाले राज्यको नीति अनुसार विपन्न, पिछडिएको समुदाय र उत्पीडित जातिका समुदायलाई उत्थानका कार्यक्रम बडाखोलामा प्रभावकारी बनाउदै लगिएको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका पूर्व गाउँ सभापति रामकृष्ण गुरुङ्ग, दलित वर्ग जिल्ला समन्वय समिति जिल्ला उपाध्यक्ष सूर्य बिश्वकर्मा, जिविस कार्यालयका कार्यक्रम संयोजक पूर्णनाथ योगी, गैसस महासंघका प्रतिनिधि रत्न शाही, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ दैलेखको “मानवअधिकार र आत्मसम्मानका लागि सामूहिक आवाज” परियोजनाका जिल्ला संयोजक चित्रा बिकले पनि दलित अधिकार र समाजको भूमिका विषयमा प्रकाश पानु भएको थियो ।
कार्यक्रममा परियोजनाले स्थानीय तहमा गरेका विकास गतिविधिको जानकारी गराई सकेपछि सेवाग्राहीका सुझाव संकलन गरिएको थियो । गाविस स्तरीय मानवअधिकार पैरबी सञ्जालका संयोजक पशुपति सुनारको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक दल, विकास साझेदारहरु, सरोकारवाला निकायका प्रतिनिधिहरुले मानवअधिकारको प्रवद्र्धनमा सधैं सहयोगी बन्ने लिखित प्रतिवद्धता जनाएका जनाएका छन् ।

प्रतिक्रिया