विपद्मा वाल अधिकारको अवस्था

विपद्मा वाल अधिकारको अवस्था

काठमाण्डौ–मंसिर ९ गते– आज सिविस र टिडिएचको आयोजनामा विपद्मा वाल अधिकारको अवस्था विषयक क्षेत्रिय कार्यशाला शुरु भएको छ । कार्यशालाको उद्दघाटन समारोहमा अतिथी एवम् राष्ट्रिय योजना आयोगका डा.किरण रुपारखेतीले “विपद्ले दक्षिण एसियामा वालवालिकालाई पारेका प्रभाव” विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

विपद्मा वाल अधिकारको अवस्था विषयक कार्यशालामा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले आफ्नो स्टल राख्दै
विपद्मा वाल अधिकारको अवस्था विषयक कार्यशालामा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले आफ्नो स्टल राख्दै
विपद्मा वाल अधिकारको अवस्था विषयक कार्यशालामा सहभागी
विपद्मा वाल अधिकारको अवस्था विषयक कार्यशालामा सहभागी

उद्दघाटन समारोहमा वोल्दै प्रमुख अतिथी एवम् सचिव महिला, वालवालिका तथा समाज कल्याण मंत्रालय विष्णु प्रसाद लम्सालले बालअधिकार मानवअधिकार प्रत्याभूतीको प्रारम्भ बिन्दू भएको बताएका थिए । उहाँले थप्नु भयो “विपद्मा वालवालिकाहरु धेरै जोखिममा हुने हुदा सवैको ध्यान त्यसतर्फ जान आवस्यक रहेकोछ”
कार्यक्रमको उद्दघाटन समारोहमा वोल्दै अतिथी एवम् कार्यकारी निर्देशक केन्द्रिय वाल कल्याण समिति तारक धितालले बालअधिकारको प्रवद्र्धन गर्न सके बालबालिकाको बृति, सुरक्षा, संरक्षण र विकासको अवसर सृजना हुने वताउनु भयो ।
कार्यक्रममा टिडिएच जर्मनीका नेपाल, भारत र वंगलादेशका साझेदार संस्थाहरुको ६० भन्दा वढीको सहभागिता रहेको छ भने कार्यशाला २ दिन सम्म चल्ने छ ।

प्रतिक्रिया