महिला हिंसा बिरुद्धको १६ दिने अभियानको व्यापक तयारी

महिला हिंसा बिरुद्धको १६ दिने अभियानको व्यापक तयारी

महिला तथा बालबालिका कार्यालय दैलेखकी नयाँका कार्यालय प्रमुख अनिता ज्ञवालीले भोलिदेखि सुरु हुने महिला हिंसा बिरुद्धको १६ दिने अभियानको सम्पूर्ण तयारी पूरा भएको बताउनुभएको भएको छ । आजै मात्र हाजिर हुनुभएकी महिला विकास अधिकृत अनिता ज्ञवालीले भोलि विहान ११ बजे गणेशचौकबाट सुरु हुने ¥याली ठाउँठाउँमा कोणसभा गर्दै नगरपरिक्रमा गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।
विपन्न तथा पिछडिएका महिलाहरुको आर्थिक, सामाजिक र राजनीतिक स्तर उठाउन अहिले सरकारका कार्यक्रम केन्द्रित भएका जनाउदै बजेटको उचित सदुपयोग गर्दै प्रभावकारी काम गर्ने नयाँ महिला विकास अधिकृत अनिता ज्ञवालीले आफ्नो योजना सुनाउनुभयो ।
उहाँ जिल्लामा आउनु र महिला अधिकारलाई संस्थागत गर्न रणनीतिक औजार मानिने महिला हिंसा बिरुद्धको १६ दिने अभियान पनि संगै परेको छ ।

प्रतिक्रिया