स्थानीय उत्पादनले धनी हुन सकिन्छ ः साँसद थापा

स्थानीय उत्पादनले धनी हुन सकिन्छ ः साँसद थापा

दैलेख, मंसिर ९ – दैलेख क्षेत्र नं. १ साँसद अम्मरबहादुर थापाले स्थानीय उत्पादन बाहिर बेच्न सकेमात्र जिल्ला धनी हुन सक्ने बताउनुभएको छ । प्रथम उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग विकास समितिले आज दैलेख सदरमुकाममा आयोजना गरेको कार्यक्रममा व्यवसायीहरुले बिष्कुट बेचेर फाइदा खाने भन्दा स्थानीय उत्पादन बृद्धिमा ध्यान दिनुपर्ने उहाँको सुझाव थियो । Udhog divash
बहुराष्ट्रिय कम्पनीको व्यापार बढाउने रणनीति अनुसार विभिन्न उपकरण, कपडा, सजावट सामग्री र दैनिक उपभोगका सामग्रीको सट्टा स्थानीय तहमै उत्पादन गर्ने तर्फ सरकारको लगानी, वैज्ञानिक अनुुसन्धान हुनुपर्ने र उपभोक्ताहरुले पनि स्थानीय उत्पादनलाई प्राथमिकता दिने बानी बसाल्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जिल्लामा प्रयाप्त जलश्रोतको समुचित प्रयोग, पर्यटन प्रवद्र्धन र कृषि उत्पादन बृद्धि गर्ने औधोगिक विकास गर्न सकिने सम्भावना दर्शाउनुभयो । उहाँले औधोगिक विकास हुन सके वैदेशिक रोजगारीमा जाने युवाहरुलाई स्थानीय स्तरमै स्वरोजगार सिर्जनागर्न सक्ने बताउनुभयो ।
स्थानीय विकास अधिकारी हरी प्याकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष भक्तबहादुर शाही, दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष शान्तिप्रसाद शर्मा, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष, डी–मेगा अध्यक्ष झविराज खत्री र बरिष्ठ उद्योग अधिकृत पर्शुराम आचार्यले उद्योग दिवसको महत्व र उद्यम विकासका सम्भावना विषयमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमको अवसरमा जिल्लाको औधोगिक विकासमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान र उद्योग दिवसको अवसरमा भएको मावि स्तरीय निवन्ध प्रतियोगिताका विजयी छात्रछात्राहरुलाई पुरस्कृत गरिएको थियो । औपचारिक समारोह अघि नारा र प्लेकार्ड सहितको ¥यालीले नगरपरिक्रमा गरी सभामा परिणत भएको थियो ।

प्रतिक्रिया