महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु

महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु

दैलेख, मंसिर १० । महिलामाथि हुने हिंसा न्युनिकरण गर्ने उद्देश्यले हरेक वर्ष मनाईँदै आएको महिला हिंसाविरुद्धको १६ दिने अभियान शुक्रबार सुरु भएको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यो अभियानमा महिलामाथि हुने विभिन्न हिंसा न्युनकरणबारे चेतना जगाउने, पीडकमाथि कारबाही गर्नेलगायतका गतिविधि गरिन्छ ।

16 day VAW 1 16 Day VAWअभियानको पहिलो दिन शुक्रबार दैलेखमा महिला विकास कार्यालयको संयोजनमा र्यालीसहित कोणसभा गरियो । महिला तथा बालबालिकाका विषयमा काम गर्ने सामाजिक सेवा केन्द्र (सोसेक)लगायत विभिन्न संघसंस्था तथा राजनीतिक दल सम्बद्ध महिला संगठनको सहभागितामा दैलेखमा र्याली गरिएको थियो । र्यालीपछि कोणसभामा बोल्दै क्षेत्र नम्बर १ का सांसद अम्मरबहादुर थापाले महिलामाथि हुने हिंसा न्युनिकरणका लागि पुरुषको पनि महत्वपूर्ण भुमिका हुने बताए । उनले महिलालाई राज्यको नीति निर्माण तहमा पुर्याउन संविधानले आरक्षणको व्यवस्था गरेको बताए । यस्तै प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले महिलामाथि हिंसा गर्नेविरुद्ध कानुनी कारबाही हुने बताए । उनले पीडित महिलाहरु अँझै पनि खुलेर नआउने गरेको भन्दै पीडकमाथि कारबाही गरे अन्य महिला हिंसाबाट बच्ने बताए ।

प्रतिक्रिया