राष्ट्रिय जनमोर्चा दैलेखको सतवार्षिक अभियान तिव्र दर्जनौ कार्यकर्ता राजमोमा प्रवेश

राष्ट्रिय जनमोर्चा दैलेखको सतवार्षिक अभियान तिव्र दर्जनौ कार्यकर्ता राजमोमा प्रवेश

राष्ट्रिय जनमोर्चा, दैलेखले अक्टुवर क्रान्तिको अवसरमा संचालन गरिरहेको १ वर्षे अभियान अन्तर्रगत आज भैरीकालिकाथुममा गाउँ भेला समपन्न भएको छ । अक्टोवर क्रान्तिको शतवार्षिकी कार्यक्रम सफल पारौं ¤ नया“ पिढिका हजारौं क्रान्तिकारीहरुलाई पार्टीमा भर्ना गरौं ¤¤ ‘नौलो जनवादी क्रान्तिको आधार तयार गरौं– अखण्ड नेपाल कायम गर्न एक कदम अघि बढौं’ भन्ने मूल नाराका साथ सम्पन्न भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय वैकल्पिक सदस्य वासुदेव पोखरेल र जिल्ला सल्लाहकार समितिका अध्यक्ष पूर्ण शाहीको विशेष उपस्थिती रहेको थियो । आज सम्पन्न उक्त भेलामा विभिन्न पार्टी परित्याग गरी १८ जना सदस्यहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेकाछन ।
भेलाको प्रमूख अतिथि राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिका वैकल्पिक केन्द्रीय सदस्य वासुदेव पोखरेलले, अब नेपालका क्रान्तिकारीहरु एक हुनु पर्ने बताउनु भयो । उहाँले रुसमा अक्टुवर क्रान्ति सम्पन्न भएको ९९ वर्ष पुरा भएको अवसरमा विश्वका ४२ वटा राष्ट्रका अन्तराष्ट्रि कम्युनिष्ट को–अर्डिनेशनको निर्णय अनुसार नेपालमा पनि यो कार्यक्रम संचालन गर्न थालिएको बताउनु भयो । सम्बोधनका क्रममा उहाँले, वर्तमान अवस्थामा राज्य तरल अवस्थामा भएको र गणतन्त्रलाई समाप्त पार्न संघीयता लागु गर्ने, नागरिकता वितरण नीति खुकुलो बनाई अंगिकृत नागरिकताधारीहरुलाई राज्यको मूख्य पदमा पु¥याउने, मधेश टुक्राउने, सत्ता जोगाउन नेपालका प्राकृतिक स्रोत र साधनहरु विदेशीलाई बुझाउने काम भईरहेको छ । यस्ता प्रकारका समस्याहरुबाट नेपाल बचाउन र संगठन निर्माण गर्न १ वर्षे अभियान संचालन गर्न थालिएको बताउनु भयो ।
सतवार्षिकी १ वर्षे अभियान सफल पार्न राष्ट्रिय जनमोर्चा दैलेखले जिल्ला सचिव कविराज खत्रीको संयोजकत्वमा ५ सदस्य मूल ब्यवस्थापन तथा परिचालन समिति गठन गरेको छ । यसै गरि जिल्लालाई तीन क्षेत्रमा विभाजन गरि तीन वटा परिचालन उप–समिति गठन गरेको छ भने १७ सदस्य मूल स्वयंसेवक समिति गठन गरेको छ । यो अवधिभर ५७ जना कार्यकर्ता पूर्णकालीन रुपमा परिचालन गर्ने निर्णय भएको छ ।
सतवार्षिकी १ वर्षे अभियानमा राष्ट्रिय जनमोर्चा, दैलेखले ८ वटा प्रमूख एजेण्डामा आन्दोलन र अभियान संचालन गर्ने जनाएको छ । ती एजेण्डाहरुमा संगठनात्मक अभियान संचालन गरि ४९ गाविस र २ वटा नगरपालिकामा संगठन निर्मार्ण गर्ने, संघीयताको खारेजी आन्दोलन शसक्त बनाउने, कम्युनिष्ट घटकहरुसित कार्यगत एकतामा जोड दिने, राष्ट्रघाती माथिल्लो कर्णाली जलविद्युत परियोजनाको खारेजी र नेपाल सरकारले नै निर्माण गर्न आन्दोलन चर्काउने, किसानसित पार्टी अभियान संचालन गर्ने, विकासहरुको अनुगमन, मूल्याङ्कन र अनियमितता गर्नेहरुलाई जनकारवाही गर्ने, दैलेखलाई औद्योगिक क्षेत्र, पर्यटकीय क्षेत्र बनाउन पहल गर्ने, शैक्षिक अराजकताका विरुद्धमा आन्दोलन गर्ने र जिल्ला अस्पतालको स्तर उन्नती तथा दुरदराजका वासिन्दाहरुलाई सुलभ स्वाथ्य उपचार सोही ठाउँमा प्राप्त गराउन आन्दोलन तथा दवाव श्रृजना गर्ने रहेकाछन ।

प्रतिक्रिया