जागे टोल सुधार समितिका महिलाहरु

जागे टोल सुधार समितिका महिलाहरु

दैलेख, मंसिर ११ – दैलेख जिल्लाको नारायण नगरपालिका–६ को बसपार्क टोल सुधार समितिले शनिवार बसपार्कदेखि काँडाचौरसम्म बजार सरसफाई गर्दै जागेका हुन । स्थानीय अगुवा महिलाहरु रिना पोखरेलको अगुवाईमा त्यस टोलका महिलाहरुको सक्रिय सहभागितामा सरसफाई कार्यक्रम भएको हो । News in Tol sudhar samitiत्यसक्षेत्रमा मदिरा सेवन तथा जुवातास नियन्त्रण लगायतका समाज सुधारका काम गर्दै आएको टोल सुधार समितिले अहिले चलिरहेको महिला हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा घर शान्तिको निम्ति सामाजिक अभियान समेत चलाएको अगुवा महिला सावित्री रेग्मीले जानकारी दिनुभयो ।
साँझपख बस पार्किङ्ग गरी राख्दा टाढाबाट आएका यात्रुहरु, यातायात व्यवसायीको आवागमनले सुरक्षा खलल् हुन नदिन स्थानीयले बसपार्कमा प्रहरी बिटको माग राखेका छन् । दैलेखका प्रहरी प्रमुख डीएसपी केदार रजौरेले हाललाई प्रहरी बिट राख्न नसके पनि साँझ गस्ती प्रभावकारी बनाइएको बताउनुभयो ।

प्रतिक्रिया