सिमांकनको विवादमा यातायात बन्द

दैलेख, मंसिर १४ – दैलेखमा गत महिना गरिएको जिल्लामा ११ वटा स्थानीय तहको सिमांकनमा असहमत पक्षले दोश्रो पटक आजदेखि अनिश्चित कालिन दैलेख बन्द सुरु गरेका छन् ।
इलाका नं. ७ का ३ गाविस मालिका, गौरी र कालभैरववासीले गमौडीलाई समेत गाभेर ज्वालामालिका गाउँपालिका बनाइनु पर्ने माग राखी गरिएको बन्दका कारण आज विहानैदेखि दैलेख–सुर्खेत आवागमन गर्ने यातायात अवरुद्ध भएको छ ।
मंसिर ८ गते स्थानीय प्रशासन र सिमांकन निर्धारण गर्ने जिल्ला प्राविधिक समितिसंग भएको सहमती अनुसार कार्यको सुरुवात नभएकोले यातायात बन्द गरिएको संघर्ष समितिका संयोजक खगेन्द्र थापाले बताउनुभयो ।
यातायात व्यवसायीहरुले स्थानीय प्रशासनले सुरक्षाको प्रवन्ध नगरेको कारण यातायात सञ्चालन गर्न नसकिएको बताएका छन् । यसबारे प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको ध्यानाकर्षण गराउँदा आज दिउँसो आन्दोलनकारी र राजनीतिक दलहरुसंग छलफल गर्ने तयारी भएको जानकारी दिनुभयो ।
प्रतिक्रिया