पाँच नम्बर प्रदेश टुक्र्याएको विरोधमा बुटबलमा प्रदर्शन

पाँच नम्बर प्रदेश टुक्र्याएको विरोधमा बुटबलमा प्रदर्शन

१५ मंसिर, काठमाडौं । पाँच नम्बर प्रदेश टुक्र्याएको विरोधमा बुटबलमा विहानैदेखि प्रदर्शन भएको छ । यातायात बन्द भएको छ भने विद्यार्थी संगठनहरुले सडकमा प्रदर्शन गरिरहेका छन् । बजार, कलकारखाना समेत ठप्प भएका छन् ।

सरकारले संसदमा संविधान संशोधन बिधेयक दर्ता गराएसँगै प्रदेश न ४ र ५ मा आन्दोलन सुरू भएको हो ।  अखण्ड प्रदेश नम्बर ५ प्रदेश दबाब अभियान लुम्बिनी तथा नेसिबसंघ, अनेरास्वियु, अखिल छैठौं लगायतका बिद्यार्थी संगठनहरुले संयुक्त बन्दको अह्वान गरेका हुन् ।

मध्यरात देखिनै बुटवलमा टायर बालेर प्रर्दशन भएको थियो  भने आज बिहानैबाट बुटवल बहुमुखि क्याम्पस मिलनचोक, राजमार्ग चौराहा लगायतका स्थानमा प्रर्दशन भएको छ ।

प्रतिक्रिया