विद्यालय राजनीतिक थलो बनाइनुृहुन्न ः शाही

विद्यालय राजनीतिक थलो बनाइनुृहुन्न ः शाही

दैलेख, मंसिर १६ – नेपाल मजदूर किसान पार्टीका जिल्ला सचिव निरकबहादुर शाहीले विद्यालयलाई राजनीतिक स्वार्थपूर्तिको थलो बनाउन नहुने बताए । सेभ द चिल्ड्रेनको साझेदारीमा सामाजिक सेवा केन्द्र (सोसेक)को कार्यक्षेत्रका शान्ति क्षेत्र घोषित विद्यालय शान्ति क्षेत्र कार्यान्वयन विषयक जिल्ला स्तरीय समीक्षा कार्यक्रममा उनले विद्यार्थी राजनीतिक सचेतना चाहिं दिनुपर्ने धारणा राखे ।

विद्यालय शान्ति क्षेत्र कार्यक्रमको समिक्षामा वोल्दै जिविसका प्रतिनिधी खम वहादुर थापा
विद्यालय शान्ति क्षेत्र कार्यक्रमको समिक्षामा वोल्दै जिविसका प्रतिनिधी खम वहादुर थापा
विद्यालय शान्ति क्षेत्र कार्यक्रमको समिक्षामा राजनैतिक दलको तर्फवाट वोल्दै नेमकिपाका प्रतिनिधी निरक शाही
विद्यालय शान्ति क्षेत्र कार्यक्रमको समिक्षामा राजनैतिक दलको तर्फवाट वोल्दै नेमकिपाका प्रतिनिधी निरक शाही

कार्यक्रममा विद्यालय निरीक्षक हेमकुमार ढकालले जिल्ला शिक्षा कार्यालयले विद्यालय बन्द राजनीतिक दलहरुले मात्र नगरेर सामाजिक तथा साँस्कृतिक पर्वका नाममा पनि बन्द संस्कार कायम रहेको औल्याए । उनले स्थानीय विदाका नाममा ज्यादै परम्परागत प्रचलन पनि हटाउनुपर्ने बताए ।
नेपाल शिक्षक संघका जिल्ला सभापति पूर्णबहादुर मल्लले जस्तोसुकै बन्द, हडताल वा विरोधका कार्यक्रम हुँदा विद्यालय सुचारु गराउन अभिभावकको अग्रसतरता जरुरी हुने औल्याए ।
शिक्षा पत्रकार संघका जिल्ला अध्यक्ष यज्ञराज थापाले जिल्लाको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालय शान्ति क्षेत्र घोषणा अभियानलाई सबै सरकारी र निजी विद्यालयहरुसम्म पु¥याउन सुझाव दिए ।
जिल्ला विकास समितिको कार्यालयका प्रतिनिधि खमबहादुर थापाले जिल्लामा बालविवाह न्यूनीकरणका लागि प्रहरी प्रशासन र सामुदायिक पहल जस्तै जिल्लाका झण्डै ९ सय विद्यालयमा शान्ति क्षेत्रको अभियान पु¥याउनुपर्ने आवश्यकता औल्याए ।
कार्यक्रमका सहजकर्ता पत्रकार अमर सुनारले सेभ द चिल्ड्रेनको साझेदारीमा सामाजिक सेवा केन्द्र (सोसेक) ले १० गाविसमा सञ्चालन गरेको सहयात्रा परियोजनाका १ सय ८ मध्ये ५० विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको बताए ।
शान्ति क्षेत्र घोषणा नभएका विद्यालयहरुमा ससाना बन्द भई दिंदा शान्ति क्षेत्र घोषणा भएका विद्यालयहरुलाई पूर्ण कार्यान्वयनमा समस्या आएको सुनारले औल्याए ।

प्रतिक्रिया