एमालेलाई ठूलो झट्काः कांग्रेस र माओवादीबीच ८ वर्ष संयुक्त सरकार चलाउने रणनैतिक सहमति ?

एमालेलाई ठूलो झट्काः कांग्रेस र माओवादीबीच ८ वर्ष संयुक्त सरकार चलाउने रणनैतिक सहमति ?

काठमाडौँ, मंसिर १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच ८ वर्षसम्म संयुक्त सरकार चलाउने सहमति भएको छ ।

deuba-prachandaप्रधानमन्त्री प्रचण्ड र देउवाबीच भएको भेटवार्ताका क्रममा उनीहरुबीच अबको ८ वर्ष माओवादी र कांग्रेसबीचको संयुक्त सरकार चलाउने सहमति भएको दावी खबरडबली अनलाईनले गरेको छ ।

उक्त अनलाईनले देउबा निकट आफ्नो श्रोतलाई उल्लेख गर्दै प्रचण्ड र देउवाबीच आगामी निर्वाचनमा कार्यगत एकता गरी जाने हस्ताक्षरित सहमति समेत भएको जनाएको छ ।

समाचारमा आगामी निर्वाचनमा कांग्रेस र माओवादीबीच हुने कार्यगत एकताबाट सकारात्मक परिणाम आएमा बन्ने सरकारको पहिलो नेतृत्व देउवाले गर्ने सहमति समेत बनेको उल्लेख छ ।

‘सभापति देउवाज्यु र प्रधानमन्त्रीबीच आगामी निर्वाचनमा कार्यगत एकता गरी जाने र ८ वर्षसम्म संयुक्त सरकार चलाउन सहमति भएको छ, सहमति कार्यान्वयन भएमा एमाले उफ्रेको मात्रै हुन्छ’ स्रोत बताउँछ ।
एमालेलाई बाहिरै राख्ने रणनीति भएको दावी समेत अनलाइनको छ ।

प्रचण्ड र देउवाले एमालेलाई ८ वर्ष बाहिरै राख्ने रणनीति अपनाएका छन् । ‘एमाले सडकमा उफ्रिरहन्छन्, केही फरक पर्दैन, अब कम्तिमा ८ वर्ष संयुक्त सरकार चलाउने सहमति भएको छ’ देउवाले प्रचण्डसँगको सहमतिपछि पार्टीका एक शीर्ष नेतासँग भनेका थिए ।

सरकारका समर्थक जति सबैलाई लिएर चाँडै मन्त्रिपरिषद् विस्तार गरी सरकारलाई बलियो बनाउँदै जाने र एमालेलाई एक्ल्याउने सरकारको रणनीति छ ।

प्रतिक्रिया