अभिमुखिकरण तथा क्षमता विकास तालिम सम्पन्न

अभिमुखिकरण तथा क्षमता विकास तालिम सम्पन्न

जिवराज रेग्मी
१७ मंसिर, दैलेख गरिवी निवारण कोषको साझेदारीमा सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख द्धारा सञ्चालित एकिकृत सामुदायीक विकास परियोजनाले १२ गाविसका सामाजिक परिचालकहरुको लागि अभिमुखिकरण तथा क्षमता विकास तालिम सम्पन्न गरेको छ ।
कर्मचारीको क्षमता विकास गर्ने उद्धेश्यले एक हप्ता सम्म सञ्चालित उक्त तालिममा सामुदायिक संस्था गठन तथा परिचालन, सुशासन, पारदर्शिता, सामाजिक नक्साँ, गरिव घरधुरि पहिचान, गरिवी निवारण कोष कार्यक्रम सञ्चालन निर्देशिका २०६७ को जानकारीका साथै रावतकोट, कुसापानी र विशला गाविसमा नयाँ सामुदायीक संस्था गठन, व्यवसायीक योजना निर्माण र स्थलगत अवलोकन भ्रमण समेत गरिएको परियोजनाका संयोजक निर्मल अधिकारीले बताए । उनले थपे, नयाँ नियुक्त कर्मचारीहरुको लागि स्थलगत रुपमै सञ्चालन गरिएको अभिमुखिकरण तथा क्षमता विकास तालिम आगामी दिनमा उपयोगी हुने आशा गरिएको छ । तालिममा कर्मचारीहरुलाई आफ्नो कार्यक्षेत्रमा अपनाउनु पर्ने सुरक्षा, सञ्चारको महत्वका साथै आगामी दिनको कार्ययोजनाको बारेमा पनि जानकारी गराईएको अधिकारीको भनाई थियो ।
कोषले नयाँ साझेदार संस्था छनौटका क्रममा केही समय देखि कर्मचारीको रिक्तताले गर्दा स्थानीयस्तरमा सामाजिक परिचालन लगाएतका गतिविधि हुन सकिरहेका छैनन् । उक्त रिक्ततालाई पूर्ति गर्दै नयाँ कार्यक्रमहरु तदारुकताका साथ सञ्चालन गर्न कर्मचारीको अभिमुखिकरण आवश्यक भएको संस्थाका मानवहादुर थापाले बताए । उनले थपे, सामाजिक परिचालकहरुलाई केहि समय भित्रै आ आफ्नो कार्यक्षेत्रमा पठाईनेछ । सामाजिक परिचालकहरुको कार्यक्षेत्र पनि तोकिसकिएको थापाको भनाई थियो ।
अभिमुखिकरण तालिमले धेरै कुरा सिकाएको सहभागी सरस्वती भण्डारीको भनाई थियो । उनले थपिन, यस अघि मलाई सामाजिक नक्सा, विपन्न घरधुरी नक्साँकन, व्यवसायीक योजना निर्माण लगाएतका विषयमा जानकारी थिएन् । तालिम लिईसकेपछि आफ्नो जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्न सक्ने भण्डारीको भनाई थियो ।
केही समय भित्र सबै कर्मचारीलाई आ आफ्नो कार्यक्षेत्रमा पठाइने संस्थाका नि.कार्यकारी निर्देशक वषन्त श्रेष्ठले बताए । उनले थपे, कर्मचारीको क्षमता विकास विना उपलब्धि हासिल गर्न असम्भव भएकाले अभिमुखिकरण तालिमको आयोजना गरिएको हो ।

प्रतिक्रिया