एकता सहकारी अध्यक्ष थापा

          |   प्रकाशित मितिः शुक्रबार, मंसिर १७, २०७३     ::: 332 पटक पढिएको   |  

एकता कृषि बहुउद्देश्यशीय सहकारी संस्था लिमिटेड दैलेखको आज भएको सातौं साधारण सभा तथा तेश्रो जिल्ला अधिवेशनले हीरासिंह थापाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यकारिणी समिति सर्वसम्मतीबाट गठन गरेको छ ।
समितिको उपाध्यक्षमा टीकाकुमारी थापा, सचिव लवराज थापा, कोषाध्यक्ष टीकाराम थापा चुनिनु भएको छ । अधिवेशनले लेखासमितिका संयोजक भक्तबहादुर थापा र ऋण समितिको संयोजक कृष्णबहादुर थापा चयन गरेको छ ।
सहकारीले आर्थिक वर्ष २०७२÷०७३ को अवधिमा कुल २१ लाख ७६ हजार ५ सय ५ रुपैयाँ कारोवार गरेको जनाइएको छ ।



Leave a comment

Your email address will not be published.


*