खुल्ला आम सभा

खुल्ला आम सभा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको आयोजनामा आज दैलेखको तोलिमा खुल्ला आम सभा सम्पन्न भएको छ । आमसभा कार्यक्रममा विभिन्न राजनितिक दलका नेता कार्यकर्ता पार्टी परित्याग गरि राप्रपामा प्रवेश गर्ने नवप्रवेशीहरुलाई स्वागत गरिएको थियो । राप्रपाको राष्ट्रियता, प्रजातन्त्र र उद्धारवाद निति समय सापेक्षेक रहेको भन्दै विभिन्न दलका नेता कार्यकर्ताले पार्टी प्रवेश गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व स्थानिय विकास तथा संघिय मामिला राज्य मन्त्री कुन्ती कुमारी शाहिले राप्रपा र राप्रपा नेपालको एकताले मुलुकको सर्वाेपरी हित गर्दै जाने र नेपाली जनातको प्रथम ऐतिहाँसिक पार्टि हुने बताउनु भयो । तोली गाउँ कार्य समितिका अध्यक्ष रामबहादुर शाहीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिल्ला सभापति भक्त बहादुर शाहि, उपाध्यक्ष राम बहादुर थापा, युवा संगठनका केन्द्रिय सदस्य प्रकाश पौडेल, क्षेत्रिय सभापति गंगाराम बस्नेत, जिल्ला सदस्य मनोज थापा, हस्त खड्का, प्रिति थापामगर लगाएतका व्यतिmहरु अतिथि रहनु भएको थियो ।

प्रतिक्रिया