पूर्व राज्य मन्त्री शाहीले माईन्यूट च्यातिन

पूर्व राज्य मन्त्री शाहीले माईन्यूट च्यातिन

दैलेख मंसीर १९ ।
पूर्व स्थानीय बिकास राज्यमन्त्री कुन्ति शाहीले निर्वाचन क्षेत्र पूर्वधार बिकास समितिको नाममा तयार गरिएको माईन्युट च्यातिदिएकिछन् ।

पार्टिको कामको सिलसिलामा गएका एमालेकातर्फबाट प्रत्यक्ष निर्वाचित सांसदले आफू अध्यक्ष रहेको समितिको बैठक अन्य सदस्य सांसदहरुलाई पूर्व सूचना बिनै एक्कासी खबर गरेको र उनीहरुको अनुपस्थित बिनै आफू अनुकुल आकस्मिक बैठक बोलाई एकलौटि योजना तर्जुमा गरेको भन्दै पूर्व राज्य मन्त्री शाहीले माईन्युट च्यातेकि हुन् ।

परिमार्जित कार्यबिधिमा सम्बन्धित निर्वाचन क्षेत्रमा सांसद बिकास कोषको ५१ प्रतिशत खर्च गर्ने समानुपातिक सांसद सदस्य तथा अनुगमन समितिको संयोजक हुने ब्यवस्था छ ।

गत बर्ष पनि सदस्य सांसदको अनुपस्थिति बिनै र अनुगमन समितिलाई अनुगमन नगराई योजना भुक्तानि दिईएको थियो । कमिशन गुम्ने डरले यसो गरिएको हुनसक्ने अन्य सदस्य सासदको शंका रहेको छ ।

प्रदेश पाेष्टवाट साभार गरिएकाे हाे ।

 

प्रतिक्रिया