सामाजिक चेतनासंगै राज्यको नीति बदल्न सफल दैलेखका विद्यार्थी

सामाजिक चेतनासंगै राज्यको नीति बदल्न सफल दैलेखका विद्यार्थी

दैलेखको चामुण्डा गाविस–२ चापागाउँको आनन्द माध्यमिक विद्यालयमा कक्षा ९ र १० का विद्यार्थीले विद्यालयको पढाई गुणस्तर सुधार्न विद्यार्थी, शिक्षक र अभिभाव समेतलाई अग्रसर गराउन डेढ वर्ष अघि बाल क्लव गठन गरे ।

दैलेख सदरमुकाममा बालविवाह रोकथाम अभियानको सडक नाटक
दैलेख सदरमुकाममा बालविवाह रोकथाम अभियानको सडक नाटक

पहिलो वर्ष उनीहरुले विद्यालय आउन नसकेका बालबालिकालाई विद्यालय ल्याउन घरदैलो अभियान गरे । कापी, कलम किन्न नसकेकै कारण विद्यालय आउन नसकेका २३ जना बालबालिकालाई क्लवले प्रवन्ध जनाए, उनीहरुलाई विद्यालयमा ल्याए । उनीहरुले समस्या गाविस कार्यालयमा दर्शाए अनि गाविसले बालबालिका लक्षित कार्यक्रमबाट क्लवले सिफारिस गरेका सबैलाई १५ सयका दरले छात्रबृति दियो ।
सामाजिक सचेतनाका थुप्रै काम गर्दै आएको आनन्द बाल क्लवले यो वर्षको तिहारमा देउसी भैलो खेलेर उठाएको ३३ हजार रुपैंयाँ मध्ये ४ महिनाकी अनाथ बालिका बिमला बिकका संरक्षकलाई २० हजार रुपैंयाँ दिएको छ । गएको असार २३ गते स्वास्थ्य चौकीमा ती बालिका जन्मे लगतै आमा रत्ना बिकको अत्याधिक रक्तश्रावले ज्यान गएपछि मावलीले पालेकी ती अनाथ बालिकाको पोषणका लागि मानवीय सहयोग गरेको क्लवकी अध्यक्ष चन्द्रा ज्ञवालीले बताइन् ।
खड्गवाडा गाविसस्थिति सरस्वती मावि पातिकान्ला पनि मावि तहका बालबालिका सम्मिलित फूलवारी बाल क्लव गठन भएको छ । क्वलले स्थानीय समस्याहरुको प्राथमिकीकरण गर्दा मद्यपान तथा धुम्रपान विरुद्धको अभियान थालेको छ । अभिभावकहरुले अत्याधिक मदिरा पिउने र सुर्तीजन्य पदार्थ तथा धुम्रपान सेवन गर्ने बानीले बालबालिकामा समेत कुलत देखिन थालेकोले अभिभावकहरुलाई सम्झाउन त्यो अभियान सञ्चालन गरेको हो । वालक्लवले फुलवारी नामक भित्ते पत्रिका प्रकाशन गर्दै आएकोछ ।
फूलवारी बाल क्लवका अध्यक्ष यामबहादुर बिकले सुनाए अभिभावकलाई छोराछोरी आफैले सम्झाउन कठिन थियो । सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखद्धारा त्यहाँ सञ्चालन गरेको सहयात्रा परियोजनाका कर्मचारी लगाएर अभिभावक भेला बोलाइयो अनि बालबालिका समेत राखेर धुम्रपान तथा मद्यपानलाई स्थानीय प्रमुख समस्याका रुपमा दर्ज गराए, यसमा छलफल भयो ।
अभिभावकको धुम्रपान तथा मद्यपान सेवनले फजुल खर्च, घरायसी र सामाजिक झैझडादेखि महिला हिंसा र घरघरमा कलह समेत बढाएको अभिभावक बालबालिका संयुक्त भेलामै हाकाहाकी कुरा उठ्यो अनि त्यही भेलामा अभिभावकहरुले प्रतिवद्धता जनाए अव हामी धुम्रपान तथा मद्यपान विरुद्ध अभियान थाल्छौं । अभिभावले भेलाबाट प्रतिवद्धता जनाए पनि बाल क्लवले पहिले नै थालेको थियो ।
जिल्लामै अधिक दलित र जनजातिको बाहुल्यता भएको बस्ती उनीहरुले हामीले जातले पाए भन्दै घरघरै जाँड, रक्सी पार्ने अनि विहान उठ्ने वित्तिकै नास्ता भनेर मदिरा खाने, फाल्तु गफ गरेर बस्ने अनि साँझ फेरि भट्टीमा रक्सी खाई घरमा पुग्दा कलह बढ्ने गर्दा सबैजसो बालिबालिकाको पढाईमा ठूलो नोक्सानी पुगेको विश्लेषण क्लवले पहिले नै गरिसकेको थियो । त्यही विश्लेषणको आधारमा अभिभावक र बालबालिकाको भेला गराइएको थियो ।
बाल क्वलकै रणनीति अनुसार भएको भेलाबाट धुम्रपान तथा मद्यपान विरुद्ध अभियानमा जुट्ने अभिभावका प्रतिवद्धता जनाए यता क्लवले सामान्य अनुगमन मात्र गरिरहेको अध्यक्ष यामबहादुर बिकले बताए । अभिभावकहरुले प्रतिवद्धता आएको १ वर्ष अवधिमा विद्यालयको पढाई र विद्यार्थीको सिकाई स्तर पनि सुधार आएको सरस्वती मावि पातिकान्लाका प्रधानाध्यापक चन्द्रदत्त तिवारीको भनाई छ । अघिल्लोको तुलनामा पढाई गुणस्तर बढेको कुरा २०७१ मा १७ प्रतिशत मात्र विद्यार्थी एसएलसी उत्तीर्ण भएकोमा २०७२ मा चाहिं ७४ प्रतिशत उत्तीर्ण भएका छन् ।
बाल क्लवलले आफ्नो स्थान विशेषको समस्यालाई उठाउने र समाधान पनि पहिल्याउने क्रममा दैलेखको रामककर्णाली गाविसस्थित जनज्योती माध्यमिक विद्यालय राकमकर्णालीको जनज्योती बाल क्लवले चांिहं कर्णाली नदीले कटान गर्दै जाँदा बढेको जोखिम न्यूनीकरण गर्न समुदायलाई नै जोखिम न्यूनीकरण उपाय सिकाउदै हिंड्छ ।
वर्षाको समयमा अलि बढी बाढी पहिरो आउने भएको दैबीप्रकोपबाट कसरी बच्न सकिन्छ भनेर समुदायमा सचेतना दिन्छन् । विपद् व्यवस्थापन सम्वन्धि सरल परियोजना र बालबालिका सम्वन्धी सहयात्रा परियोजनाले तालिम दिएबाट सिकेको कुरा सचेतनाको काम गरेको बाहेक स्थानीय महिलाहरुले भोग्दै आएको छाउपडी विरुद्धको काममा जुटेका छन् ।
महिनावारी भएको बेला घर भन्दा टाढा कटेरो बनाएर बसाल्ने छाउपडी प्रथा विरुद्ध आवाज उठाउदै आएपछि घरभित्रै बस्न पाएका छन् । क्लवले २ वर्षदेखि थालेको छाउपडी प्रथा विरुद्ध अभियानपछि महिनावारीकै बेला पनि नियमित रुपमा विद्यालयमा जाने पाएको जनज्योती माविकी कक्षा १० छात्रा कविता रोकामगरले बताइन् । उनले भनिन् ‘पहिले महिनावारी भएको बेला छात्राहरु विद्यालय जाँदैनथे ।’
दैलेखको बिन्ध्यवासिनी गाविस–३ स्थित रैनादेबी मावि टाटामाखुमा चाहिं महिला सशक्तिकरण मञ्चले प्रजनन् स्वास्थ्य शिक्षा र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालवाट वाल अधिकारको तालिम दिएपछि गाविसको बालबालिका लक्षित रकम मागेर महिनावारी भएको बेला किशोरीहरुलाई आवश्यक पर्ने सिनेटरी प्याड निशुल्क दिने गरेका छन् । उनीहरुले महिनावारीको समयमा अधिक पींडा हुने किशोरीहरुलाई आराम गर्न विश्राम कक्ष बनाएका छन् ।
त्यो तालिमपछि किशोरीहरुले महिनावारीको बेला शारीरिक सरसफाई, खानपिन र आराममा ध्यान दिने गरेका र वाल अधिकारको संरक्षणमा अभिभावको चेतना वृद्धि भएको रैनादेवि वाल क्लवका अध्यक्ष भविसरा थापाले बताइन् । उनका अनुसार प्रजनन् स्वास्थको विकाससंगै आवेग उत्तेजना नियन्त्रण विधि र यौन शोषणबाट बच्न उपाय बारे समुदायस्तरमा समेत किशोरीहरुलाई सचेतना गर्न सो विद्यालयमा किशोरकिशोरी सञ्जाल गठन गरिएको छ ।
दैलेखमा बढ्दो महिला हिंसाको उपज बालविवाह हो भन्ने निश्कर्ष सहित अहिले प्रहरीले बालविवाह रोकथामको अभियान सञ्चालन गरेको छ । दशैंं यतामात्र २० वर्ष नपुगी गर्न लागिएको झण्डै ५० जोडीको विवाह प्रहरी आफैले रोकेको छ, प्रहरीले यो अभियान सञ्चालन गर्नु अघि महिला तथा बालबालिका कार्यालयलाई समेत यसमा सम्वेदनशील हुन पिलाडी गाविसको जयजनता मावि जोरेबाँझको बाल क्वलले थालेको अभियान हो ।
सामाजिक सेवा केन्द्र (सोसेक)को सहयात्रा परियोजनाले गठन गरेको जयजनता बाल क्वलले स्थानीय समस्या प्राथमिकीकरण गर्दा पहिलो सूचीमा बालविवाहलाई छान्यो । क्लवकै विद्यार्थीले तयार पारेको ‘पुतलीको विहे’ नामको सडक नाटक यति प्रभावकारी सन्देशप्रथ बन्यो कि सहयात्रा परियोजनाको १० गाविसमै सडक नाटक प्रदर्शन ग¥यो ।

दैलेख सदरमुकाममा बालविवाह रोकथाम अभियानको सडक नाटक
दैलेख सदरमुकाममा बालविवाह रोकथाम अभियानको सडक नाटक
दैलेख सदरमुकाममा बालविवाह रोकथाम अभियानको सडक नाटक
दैलेख सदरमुकाममा बालविवाह रोकथाम अभियानको सडक नाटक

सदरमुकामको जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिएको त्यो सडक नाटक हेरेपछि तत्कालिन प्रहरी प्रमुख डीएसपी बीरबहादुर ओलीले बालविवाह रोक्न हामी पनि लाग्छौं भनेर सार्वजनिक प्रतिवद्धता जनाए । असोजमा उनी कञ्चनपुर सरुवा भएर गए नयाँ डीएसपी केदार रजौरेले पनि यसलाई निरन्तरता दिएका छन् । बालविवाह रोकथाममा प्रहरीले अग्रसरता लिएपछि विवाहको मौसम मंसिरमा विवाहको निम्तो पाउने जो कसैले दुल्हा–दुल्ही २० वर्ष पुगेकी पुगेनन् भनेर सोध्छन् ।
विवाहको शुभसाइत हेराउन जानेहरुलाई जोतिषले समेत विवाह गर्ने केटा र केटी २० वर्ष पुगेकी पुगेनन् ? भनेर सोध्ने गरेका छन् । विवाह गराउने पण्डित, विवाहमा जन्ती जाने र भोजखाने समेतलाई बालविवाहको मुद्दामा सजाय हुने मुलुकी ऐनको विवाहवारी महलको सबैलाई चेतना दिने सुत्रधार पिलाडीको जयजनता बाल क्वल नै हो । क्लवले सुरु गरेको अभियान राज्यको प्रत्यक्ष उपस्थिति देखाउने प्रहरीले अग्रसरता लिएकोमा आफूहरलाई गौरव लागेको क्वलकी अध्यक्ष पूजा रिजालले बताइन् ।
अभिभावकहरुका तुलनामा बालबालिकाहरुले नयाँ प्रविधि जानेका छन्, विद्यालयमा केही न केही नयाँ कुरा सिकेको हुन्छन् भन्ने मान्यता समाज प्रभाव परेको छ । उनीहरुले सिकेको कुरा सामाजिक चेतना बदल्न प्रभावकारी काम गर्न सक्छ भन्ने थाहा पाएकै कुरा हो तर अझ यस्ता रचानात्मक र स्थानीय समस्या सुल्झाउन राज्यको निकायलाई नीति बदल्न र अनुशरण गर्न समेत लगाउँदा रहनेछन् भनेर बालविवाह रोकथाम अभियान लगायतका काममा विद्यालयमा अध्ययनरत विद्यार्थीले दैलेखमा सञ्चालन गरेका अभियानहरुले प्रष्ट्याएका छन् ।

प्रतिक्रिया